२०८३, असोज १५ गते

images
Logo

Oct 01 2026 | २०८३, असोज १५ गते

images
  • बिहीबार , असोज १५ २०८३
images

मेलमिलाप दिवस मनाउने परम्परागत शैली तोड्दै कांग्रेस, विपक्षी दललाई पनि निम्तो


सञ्चार डबली
  • आइतबार, पुस १५ २०८०
  • 8.1K
    SHARES

  • images
    मेलमिलाप दिवस मनाउने परम्परागत शैली तोड्दै कांग्रेस, विपक्षी दललाई पनि निम्तो

    काठमाडौं ।  नेपाली कांग्रेसले राष्ट्रिय मेलमिलाप दिवस मनाउने परम्परागत शैली तोड्दै विपक्षी दलहरूलाई समेत निम्तो दिएको छ । शनिबार सम्पन्न केन्द्रीय कार्यसमिति बैठकले यसवर्षको मेलमिलाप दिवस विशेष कार्यक्रम गरेर मनाउने र परम्परागत शैलीभन्दा भिन्न कार्यक्रमहरू आयोजना गर्ने निर्णय गरेको हो ।कांग्रेसले १६ पुस अर्थात् सोमबार राष्ट्रिय मेलमिलाप मनाउने निर्णय गरेको हो । प्रचार विभाग प्रमुख मीन विश्वकर्माले यो वर्ष कांग्रेसले प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा विशेष कार्यक्रम गरेर दिवस मनाउने निर्णय गरेको बताए । 
    ‘
    विगतमा हामीले आन्तरिक रुपमा मात्रै यो दिवसलाई मनाउने गरेका थियौँ । तर मेलमिलाप दिवसले नेपालको राजनीतिमै महत्वपूर्ण अर्थ राखेको पृष्ठभूमिलाई ख्याल गर्दै यो वर्ष सत्ता गठबन्धन र विपक्षी दलहरूलाई समेत बोलाएर अन्तरक्रिया गर्ने निर्णय भएको छ,’ उनले भने । कार्यक्रमका लागि दलहरूलाई निम्तो दिने कामसमेत भइसकेको उनले बताए । 

    कांग्रेसका संस्थापक नेता एवम् प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइराला आफूमाथि आठ–आठ वटा मृत्युदण्डका मुद्दा अदालतमा चलिरहेका बेला पनि राष्ट्रिय एकताका लागि जीवन अर्पण गर्न तयार भएको भन्दै २०३३ साल पुस १६ गते स्वदेश फिर्ता भएका थिए । त्यही दिनको सम्झनामा कांग्रेसले मेलमिलाप दिवस मनाउने गरेको छ । 

    त्यसबेला कोइरालासँगै सर्वोच्च नेता गणेशमान सिंह, नेत्री शैलजा आचार्य, नेता खुमबहादुर खड्का, रामबाबु प्रसाईं, नीलाम्बर पन्थीलगायत नेता कार्यकर्ता राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई करिब आठ वर्ष लामो निर्वासित जीवन त्याग गरी स्वदेश फर्किएका थिए । नेपाल फर्किएका कोइरालासहित नेताहरूलाई विमानबाट त्रिभुवन विमानस्थलमा ओर्लिनेबित्तिकै बन्दी बनाएर सुन्दरीजल पु¥याइएको थियो । कांग्रेसले त्यसयता पुस १६ लाई मेलमिलाप दिवसको रुपमा मनाउने गरेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend