२०८३, असोज १५ गते

images
Logo

Oct 01 2026 | २०८३, असोज १५ गते

images
  • बिहीबार , असोज १५ २०८३
images

आज गुरुङ समुदायको विशेष पर्व तमु ल्होसारको सार्वजनिक बिदा


सञ्चार डबली
  • आइतबार, पुस १५ २०८०
  • 7.3K
    SHARES

  • images
    आज  गुरुङ समुदायको विशेष पर्व  तमु ल्होसारको सार्वजनिक बिदा

    १५ पुस २०८०, आइतबार

    काठमाडौं – नेपालका हिमाली र उच्च पहाडी भेगमा बसोबास गर्ने गुरुङ समुदायको विशेष पर्व तमु ल्होसारको अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ । यो पर्वलाई नयाँ वर्ष सुरू भएको अवसरको रूपमा पुरानो वर्षलाई बिदाई र नयाँ वर्षलाई स्वागत गर्दै गुरुङ समुदायले विशेष रुपमा मनाउने गर्दछन् । हरेक वर्ष उनीहरुले हर्षोल्लासका साथ ल्होसार पर्व मनउने गरेका छन् ।

    गुरुङ्ग समुदायको नयाँ वर्ष तमु भन्नाले गुरुङ समुदायलाई चिनाउँदछ भने ल्होसार भन्नाले नयाँ वर्ष भन्ने अर्थ लाग्दछ । तमु ल्होसार गुरुङ समुदायको नयाँ वर्ष हो । वर्षभर तमु या तालो ल्होसार, सोनाम ल्होसार अनि ग्याल्बो ल्होसार पर्दछन् । यसपटक तमु गुरुङ समुदायले ’हि–ल्हो’ (बिरालो वर्ग) को बिदाइ गर्दै गिद्ध (मि–ल्हो) को स्वागत गरेर भव्य रूपमा मनाउने छन् ।

    यो वर्ष चाँहि गिद्ध (मि–ल्हो) को वर्ष रहने विभिन्न १२ वटा जनावर र चराचुरुङ्गीहरुको प्रतिक स्वरूप रहने तमु वर्षमा गिद्ध (मि–ल्हो) वर्ग रहनेछ । तमु गुरुङ परम्पराअनुसार गुरुङ पुरोहित (खेगी) हरू पच्यु, क्ल्हेप्री, वोन्पो लम र लामा पुरोहितहरुद्वारा १४ गते रातको १२ बजे दुःख, दोखलोको ग्रह–दशा शान्ति पूजा गरी पुस १५ गते नयाँ बिहानीको झुल्के घाममा नयाँ वर्गको स्वागत गर्दै ल्होसार मनाउने चलन रहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend