काठमाडौं, १४ पुस। काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले बालकुमारी घटना बारे टिप्पणी गर्दै यो देशले सज्जनलाई लाचार बनाउने बताएका छन् ।
शुक्रबार राती सामाजिक सञ्जालमा लेख्दै मेयर बालेनले यो देशले सज्जनलाई लाचार बनाउने टिप्पणी गरेका हुन् ।
बालेनको टिप्पणी
यो देशले सज्जनलाई लाचार बनाउँछ,
लाचारलाई मर्न बाध्य बनाउँछ ,
मर्न नसकेकोलाई अपराधी बनाउँछ,
अपराध पछि आफू उठ्ने माध्यम बनाउँछ।
यो देशले मुर्दाघर बनाउँछ,
बाच्ने ठाउँ दिँदैन ,
परिस्थितिले लासको दर बनाउँछ,
मान्छेलाई भाउ दिँदैन ।
शुक्रबार ललितपुरको बालकुमारीमा ईपिएस भाषा परीक्षा दिन मा गर्दै युवाहरू प्रदर्शनमा उत्रेका थिए । प्रदर्शनमा युवाहरुले सार्वजनिक गाडी तोडफोड गर्नुका साथै मन्त्री प्रकाश ज्वाला चढ्ने गाडीमा आगजनी गरेर ध्वस्त बनाएका थिए ।बालकुमारी क्षेत्रमा भएको झडपमा घाइते भएका दुई युवाको मृत्यु भएको थियो ।


