२०८३, असोज १५ गते

images
Logo

Oct 01 2026 | २०८३, असोज १५ गते

images
  • बिहीबार , असोज १५ २०८३
images

पोखरामा बस दुर्घटना : एकको मृत्यु, तीन घाइते


  • शनिबार, पुस १४ २०८०
  • 8.8K
    SHARES

  • images
    पोखरामा बस दुर्घटना : एकको मृत्यु, तीन घाइते

    काठमाडौं, १४ पुस । पोखरामा सडकमा गुडीरहेको बस ब्रेक फेल भई दुर्घटना हुँदा एक पैदलयात्रीको मृत्यु भएको छ। बसमा सवार तीन जना घाइते भएका छन्।

    बागलुङबाट भैरहवातर्फ जाँदै गरेको लु १ ख ८३५६ नम्बरको बस पोखरा महानगरपालिका वडा नम्बर २७ डाँडाकोनाकस्थित सडकमा गुडीरहेको अबस्थामा अचानक ब्रेक फेल हुँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता श्रवणकुमार विकले जानकारी दिए।

    ब्रेक फेल भएपछि बस सडकको दायाँ किनारमा रहेको माटोको ढिस्कोमा ठक्कर खान पुगेको थियो र बसको ठक्करबाट भारतीय नागरिक ३० वर्षीया इश्रावती कुमारीको ज्यान गएको प्रहरीको भनाइ छ।

    पोखरा २७ स्थित लेखनाथमा जारी लेखनाथ महोत्सवमा बाटा (गमला) बिक्री गर्न जाँदै गर्दा महोत्सवस्थलको गेट आगाडी उनलाई बसले ठक्कर दिएको थियो। बसको ठक्कर पछि घाइते भएकी उनलाई उपचारको लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएकोमा चेकजाँचको क्रममा मृत घोषणा गरिएको थियो।

    घाइते हुनेमा तनहुँको म्याग्दे गाउँपालिका–८ घर भएका ३६ वर्षका रामजी गन्धर्ब र उनकी श्रीमती ३० वर्षकी विष्णु गायक तथा पर्साको दिप नगरपालिका–१ की ४६ वर्षीया चिजमाया गन्धर्व रहेकी छिन्।

    उनीहरूमध्ये रामजीको बायाँ खुट्टमा, विष्णुको दायाँ हातमा र चिजमायाको दायाँ खुट्टामा चोट लागेको छ। बसमा २० जना सवार रहेकामा अन्य यात्रुको अवस्था सामान्य रहेको छ।

    घटनापछि खटिएको इलाका प्रहरी कार्यालय शिशुवाको टोलीले बस र चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ।



    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend