२०८३, असोज १५ गते

images
Logo

Oct 01 2026 | २०८३, असोज १५ गते

images
  • बिहीबार , असोज १५ २०८३
images

लेखनाथ महोत्सवमा गाडीको ठक्करले एकको मृत्यु


  • शनिबार, पुस १४ २०८०
  • 8.1K
    SHARES

  • images
    लेखनाथ महोत्सवमा गाडीको ठक्करले  एकको मृत्यु

     पोखरा, १४ पुस । पोखरामा सवारी दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ ।

    पृथ्वी राजमार्ग अन्तर्गत पोखरा–२७ डाँडामा एक फुटपाथ व्यवसायीको सवारी दुर्घटनामा परी मृत्यु भएको हो ।

    जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार बागलुङबाट भैरहवा जाँदै गरेको लु १ ख ८३५६ नम्बरको बसको ठक्करले भारतीय नागरिक ३० वर्षीया इश्रावती कुमारीको निधन भएको हो । प्रहरीका अनुसार  ब्रेक फेल भएको बसले ठक्कर दिँदा उनको शनिबार बिहान निधन भएको हो ।

    जारी लेखनाथ महोत्सवस्थलको गेट अघि फुटपाथमा गमला बिक्री गर्न बसिरहेको अवस्थामा उनलाई ब्रेक फेल भएको बसले ठक्कर दिए पछि उनी गम्भिर घाइते भएकी थिइन ।

    जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी श्रवणकुमार विकका अनुसार सवारी ब्रेक फेल भइ दुर्घटना भए पछि उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पुर्‍याइएकोमा चिकित्सकले उनलाई मृत घोषणा गरिएकाे थियाे ।


     



    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend