२०८३, असोज १५ गते

images
Logo

Oct 01 2026 | २०८३, असोज १५ गते

images
  • बिहीबार , असोज १५ २०८३
images

बालकुमारी घटनाः दुई युवकको मृत्यु भएको विरोधमा माइतीघरमा विरोध प्रदर्शन


सञ्चार डबली
  • शनिबार, पुस १४ २०८०
  • 11.1K
    SHARES

  • images
    बालकुमारी घटनाः दुई युवकको मृत्यु भएको विरोधमा माइतीघरमा विरोध प्रदर्शन


    काठमाडौं । ललितपुरको बालकुमारीमा प्रहरीको गोली लागेर दुई युवकको मृत्यु भएको विरोधमा काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन भएको छ । आज विभिन्न राजनीतिक दलका युवाहरुले माइतीघरमा प्रदर्शन गरेका हुन् ।

    उनीहरुले प्रहरीको गोली लागी दुई युवकको मृत्यु भएको घटनाको विरोध गरेका थिए । प्रदर्शनमा सहभागी युवालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रशासन कार्यालयले माइतीघरलाई निषेधित क्षेत्र घोषणा गरी प्रदर्शनमा रोक लगाएको छ । जसका कारण कारण प्रहरीले प्रदर्शनकारीलाई पक्राउ गरेको हो ।

    शुक्रबार पानीजहाज बनाउने कामका लागि कोरियाली भाषा परीक्षा दिएका तर फेल भएका युवाहरुले पुनःभाषा परीक्षामा सहभागी हुन पाउनुपर्ने माग गर्दै ललितपुरको बालकुमारी क्षेत्रमा प्रदर्शन गरेका थिए । त्यस क्रममा प्रहरीले गोली लागेर दुई युवकको मृत्यु भएको हो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend