२०८३, असोज १५ गते

images
Logo

Oct 01 2026 | २०८३, असोज १५ गते

images
  • बिहीबार , असोज १५ २०८३
images

रुपन्देहीमा बालिकाको हत्या


  • शनिबार, पुस १४ २०८०
  • 8.1K
    SHARES

  • images
    रुपन्देहीमा बालिकाको हत्या

    काठमाडौं, १४ पुस। रुपन्देहीको मर्चवारी गाउँपालिका १ इस्लामपुरमा एक बालिकाको हत्या भएको छ। स्थानीय सात वर्षीया नन्दनी कुर्मीको हत्या भएको हो। उनको शव मर्चवारी १ इस्लामपुरमा आज फेला परेको हो।  

    कुर्मी शुक्रबारदेखि हराइरहेकी थिइन्। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मनोहर भट्टका अनुसार कुर्मीको हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

    हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले एकजनालाई नियन्त्रणमा लिएको छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक भट्टले बताए।



    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend