२०८३, असोज १५ गते

images
Logo

Oct 01 2026 | २०८३, असोज १५ गते

images
  • बिहीबार , असोज १५ २०८३
images

रूसले गर्यो अहिलेसम्म कै सबैभन्दा ठुलो हमला


सञ्चार डबली
  • शनिबार, पुस १४ २०८०
  • 7.6K
    SHARES

  • images
    रूसले गर्यो अहिलेसम्म कै सबैभन्दा ठुलो हमला
     

    काठमाडौं । रुस र युक्रेनबीच झण्डै दुई वर्षदेखि जारी युद्ध चलिरहेको छ तर रोकिने अवस्था अझै देखिँदैन ।शुक्रबार मात्रै रुसले युक्रेनी सहरमा भिषण मिसाइल आक्रमण गरेको छ । जसका कारण देशभर १८ जना सर्वसाधारण मारिएका छन् भने ८६ जना घाइते भएको अन्तराष्ट्रिय मिडियाले जनाएका छन ।

    अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार शुक्रबार रुसले युक्रेनमा कुल १२२ मिसाइल र २६ ड्रोनहरू प्रहार गरेको थियो, जसले युक्रेनमा ठूलो क्षति पुर्‍याएको छ। युक्रेनी वायुसेनाका एक अधिकारीले २२ महिना लामो युद्धमा यो नै रूसले गरेको सबैभन्दा ठूलो हवाई हमला भएको बताए ।

    युक्रेनी सेना प्रमुख भ्यालेरी जालुज्नीले युक्रेनी वायुसेनाले आक्रमण गर्नुअघि ८७ मिसाइल र २७ प्रकारका ड्रोन खसालेको बताए। वायुसेना कमाण्डर माइकोला ओलेशचुकले आफ्नो आधिकारिक टेलिग्राम च्यानलमा लेखेका छन यो फेब्रुअरी २०२२ मा रूसको पूर्ण स्तरीय आक्रमण पछिको सबैभन्दा ठूलो हवाई हमला हो।

    युक्रेनी वायुसेनाका अनुसार यसअघिको सबैभन्दा ठूलो आक्रमण नोभेम्बर २०२२ मा भएको थियो, जब रुसले युक्रेनविरुद्ध ९६ वटा मिसाइल प्रहार गरेको थियो। यो वर्षकै सबैभन्दा ठूलो हमलाको कुरा गर्ने हो भने गत मार्च ९ मा रुसले युक्रेनका विभिन्न सहरमा जम्मा ८१ वटा मिसाइल प्रहार गरेको थियो ।

    युक्रेनी अधिकारीहरूले देशका पश्चिमी सहयोगीहरूलाई शुक्रबारको जस्तै हवाई आक्रमणबाट आफूलाई बचाउन थप हवाई सुरक्षा उपलब्ध गराउन आग्रह गरेका छन्। उनले आफ्ना पश्चिमी मित्र राष्ट्रहरुलाई पनि सहयोग जारी राख्नसमेत आग्रह गरेका छन् । 

    युक्रेनी अधिकारीहरूले लगभग १८ घण्टाको आक्रमणमा कम्तिमा ८६ जना घाइते भएका र अज्ञात संख्यामा मानिसहरू भग्नावशेष मुनि दबिएको र तिनीहरूलाई बाहिर निकाल्ने काम भइरहेको बताए। युक्रेनमा क्षतिग्रस्त भवनहरूमा अस्पताल, अपार्टमेन्ट ब्लक र स्कूलहरू समावेश छन्।

    यस भयानक आक्रमणको बारेमा युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले सोशल मिडिया प्लेटफर्म भने, ‘आज (शुक्रबार) रूसले आफ्नो शस्त्रागारमा लगभग सबै प्रकारका हतियारहरू प्रयोग गरेको छ।’ उनका अनुसार क्रेमलिन (रुस) को सेनाले ब्यालिस्टिक र क्रूज मिसाइलसहित विभिन्न प्रकारका हतियारहरू प्रयोग गरेको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend