२०८३, असोज १५ गते

images
Logo

Oct 01 2026 | २०८३, असोज १५ गते

images
  • बिहीबार , असोज १५ २०८३
images

बालकुमारी घटनाका दोषीलाई कानूनी दायरामा ल्याउन माग


सञ्चार डबली
  • शनिबार, पुस १४ २०८०
  • 11.6K
    SHARES

  • images
    बालकुमारी घटनाका दोषीलाई कानूनी दायरामा ल्याउन माग

    काठमाडौं । सचेत नागरिक समाजका संयोजक वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले शुक्रबार ललितपुरको बालकुमारीमा दुई युवाको गोली प्रहारमा मृत्यु भएको घटनामा नेपाल प्रहरीको नेतृत्व र गृहमन्त्रीलाई कानूनी दायरामा ल्याउनुपर्ने बताएका छन् ।

    बालकुमारी घटनामा युवामाथी गोली प्रहार गरि हत्या गरिएको सम्बन्धमा सचेत नागरिक समाजले काठमाडौंमा शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै त्रिपाठीले देशमा रहेका निर्दोश नागरिकलाई अनाहकमा गोली प्रहार गर्न नपाइने बताएका हुन् ।

    ‘नेपाल प्रहरी अथवा नेपाली सेनाले पनि उच्च ओहोदाको मान्छेले कानूनसम्मत आदेश जारी गरेको छ भने त्यो कानूनसम्मत अधिकार हो । यदि कुनै गैरकानूनी आदेश जारी गरेको छ भने त्यस्तो आदेश मान्न बाध्य छैनन् ’ उनले भने, ‘बाल कुमारी घटनामा जसले गोली चलाएका छन्, जसले कुटेका छन् र जसले आदेश जारी गरेका छन् । गृहमन्त्री, प्रमुख जिल्ला अधिकारी तथा चेन अफ कमाण्डमा रहेका जोसुकै हुन् कानुनको दायरामा आउनैपर्छ ।’लोकतन्त्रमा शक्तिको दुरुपयोग गर्न नपाइने उल्लेख गर्दै त्रिपाठीले लोकतन्त्रमा भिडभाढ साम्य पार्न हातहतियार प्रयोग गर्न नपाइने उल्लेख गरेका छन् ।उनले भने, ‘भिड नियन्त्रण गर्न जानीजानी रायफल र पेस्तोलको प्रयोग गर्न पाइदैन । यस्ता घट्ना बढिरहनुमा नेपाल सरकारको र नेपालका सुरक्षा निकायका नेतृत्वक जिम्मेवार हुनुपर्छ ।’

    भिड नियन्त्रण गर्न पानिको फोहोरा, रबरको गोली, आश्रु ग्याँसको विकल्प हुँदाहँदै गोली प्रहार गर्नु सरकारको दमनपूर्ण कार्य भएको उनले बताए । त्रिपाठीले मुलुकमा रहहेका दुई सय बढि उद्योगधन्दा कौडीको भाउमा बेचिएको आरोप लगाएका छन् । रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत् कोरिया जान नपाउने भएका युवाहरुले शुक्रबार ग्वार्को क्षेत्रमा प्रदर्शन गरेका थिए ।

    प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर दुई जनाको मृत्यु भएको छ । प्रदर्शनले भौतिक पूर्वाधार तथा यातायातनमन्त्री प्रकाश ज्वाला चढ्ने बा २ झ ५८६१ नम्बरको गाडीमाथि आगजनी गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend