२०८३, असोज १५ गते

images
Logo

Oct 01 2026 | २०८३, असोज १५ गते

images
  • बिहीबार , असोज १५ २०८३
images

बालकुमारी घटना : १८ घन्टापछि घटनाबारे प्रधानमन्त्रीले लिए ब्रिफिङ


सञ्चार डबली
  • शनिबार, पुस १४ २०८०
  • 9.1K
    SHARES

  • images
    बालकुमारी घटना : १८ घन्टापछि घटनाबारे प्रधानमन्त्रीले लिए ब्रिफिङ


    काठमाडौं । शुक्रबार दिउँसो ललितपुरको बालकुमारीमा भएको आकस्मिक र अप्रत्याशित घटनाबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गृह मन्त्रालयसहित सुरक्षामा खटिएका अधिकारीहरूसँग ब्रिफिङ लिएका छन् । शुक्रबार भएको घटनाका बारेमा प्रधानमन्त्री दाहालले सरकारी निवास बालुवाटारमा बोलाएर झन्डै १८ घन्टा पछि शनिवार बिहान घटनाको बारेमा ब्रिफिङ लिएका हुन् ।

    ब्रिफिङमा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, गृहसचिव दिनेश भट्टराई, नेपाल प्रहरी महानिरीक्षक वसन्त कुवँर, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल, ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख लगायत उपस्थित रहेका थिए ।ब्रिफिङमा उहाँहरूले घटनाको बारेमा जानकारी गराउँदै छानविन समितिसमेत गठन गरिएको प्रधानमन्त्रीलाई अवगत गराएका छन् ।

    प्रधानमन्त्रीले घटना आकस्मिक, अप्रत्याशित र दुखद् भएको बताउँदै छिटो र निष्पक्ष छानविन गर्न निर्देशन दिँदै आफूले समेत घटनाको अध्ययन गरिरहेको बताएका छन् ।

    हिजो दिउँसो कोरियाको इपिएस प्रणालीका बिषयलाई लिएर बेरोजगार समुहले भौतिक योजना मन्त्री प्रकाश ज्वालालाई गाडीबाट ओरालेर उनको सवारीमा आगजानी गरेका थिए । प्रदर्शनकारीले आगजानी गरे पछि प्रहरीले स्थीति नियन्त्रणमा लिनका लागि चलाएको गोली लागेर तथा कुटपिटबाछ दुई बेरोजगार युवाको मृत्यु भएको थियो भने दर्जनौं घाइते भएका थिए । । जसको अहिले चौतर्फी आलोचना भईरहेको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend