२०८३, असोज १५ गते

images
Logo

Oct 01 2026 | २०८३, असोज १५ गते

images
  • बिहीबार , असोज १५ २०८३
images

बालकुमारी घटनाः प्रधानमन्त्रीले गरे गठबन्धनका शिर्ष नेताहरुसँग छलफल


सञ्चार डबली
  • शनिबार, पुस १४ २०८०
  • 10.0K
    SHARES

  • images
    बालकुमारी घटनाः प्रधानमन्त्रीले गरे गठबन्धनका शिर्ष नेताहरुसँग छलफल


    काठमाडौं । बालकुमारी घटनाको बिषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ गठबन्धनका नेताहरुसँग छलफल गरेका छन् ।प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा हिजो दिउँसो भएको सो घटनाका बारेमा आज बिहान प्रधानमन्त्री दाहालले सत्तारुढ गठबन्धनका शिर्ष नेताहरुसँग छलफल गरेका हुन् ।

    ‘उक्त घटनाको बारेमा सम्माननीय प्रधानमन्त्रीज्यूले आज विहान वालुवाटारमा गठबन्धन दलका मुख्य नेतृत्वहरु, उपप्रधानमन्त्रीहरु, सरकारका उच्चपदस्थ कर्मचारी र सुरक्षा प्रमुखहरुसङ्ग परामर्श बैठक जारी राख्नु भएको छ,’ प्रधानमन्त्रीका स्वकिय सचिव रमेश मल्लले भने ।उनका अनुसार प्रधानमन्त्री प्रचण्डले हिजो नै यो घटनाप्रति गहिरो दुख व्यक्त गर्दै घटनाका विषयमा सत्यतथ्य छानबिन गर्न निर्देशन गरिसकेका छन् ।

    हिजो दिउँसो कोरियाको इपिएस प्रणालीका बिषयलाई लिएर बेरोजगार समुहले भौतिक योजना मन्त्री प्रकाश ज्वालालाई गाडीबाट ओरालेर उनको सवारीमा आगजानी गरेका थिए । प्रदर्शनकारीले आगजानी गरे पछि प्रहरीले स्थीति नियन्त्रणमा लिनका लागि चलाएको गोली लागे दुई बेरोजगार युवाको मृत्यु भएको थियो । जसको अहिले चौतर्फी आलोचना भईरहेको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend