२०८३, असोज १५ गते

images
Logo

Oct 01 2026 | २०८३, असोज १५ गते

images
  • बिहीबार , असोज १५ २०८३
images

ट्याक्टरले ठक्कर दिँदा वृद्धको मृत्यु, चालक फरार


  • शुक्रबार, पुस १३ २०८०
  • 7.9K
    SHARES

  • images
    ट्याक्टरले ठक्कर दिँदा वृद्धको मृत्यु, चालक फरार

    काठमाडौँ, १३ पुस । मोरङको रंगेलीमा ट्याक्टरले ठक्कर दिँदा शुक्रबार एक जना वृद्धको मृत्यु भएको छ।

    ट्याक्टरको ठक्करबाट रंगेली नगरपालिका–८ का ६८ वर्षीय नारायण राजवंशीको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले जानकारी दिए।

    पूर्वबाट पश्चिमतर्फ गइरहेको ना ६ त ५४९ नम्बरको ट्याक्टरले पैदल हिँडिरहेका राजवंशीलाई रंगेली–८ दर्बेसामा ठक्कर दिएको थियो।

    ट्याक्टरले ठक्कर दिँदा राजवंशीको घटनास्थलमै मृत्यु भएको बताउँदै, डिएसपी दाहालले भने, ‘शवलाई पोस्टमार्टमका लागि रंगेली अस्पतालमा राखेर घटनाको अनुसन्धान थालिएको छ।’

    घटना लगत्तै ट्याक्टर चालक मोरङको धनपालथान गाउँपालिका–४ का २६ वर्षीय अजय चौधरी फरार छन्। ट्याक्टर र सहचालक रंगेली–२ का ३६ वर्षीय मोहमद अमिरलाई नियन्त्रणमा लिएको छ। फरार भएका ट्याक्टर चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ। 

     

     

     



    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend