२०८३, असोज १५ गते

images
Logo

Oct 01 2026 | २०८३, असोज १५ गते

images
  • बिहीबार , असोज १५ २०८३
images

क्रिकेटर सन्दीपविरुद्धको जबरजस्ती करणी मुद्दामा आज पनि सुनुवाइ 


सञ्चार डबली
  • शुक्रबार, पुस १३ २०८०
  • 6.7K
    SHARES

  • images
    क्रिकेटर सन्दीपविरुद्धको जबरजस्ती करणी मुद्दामा आज पनि सुनुवाइ 

    शुक्रबार, पुस १३, २०८०
    काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणी मुद्दामा आज पनि सुनुवाइ हुनेछ । बिहीबार ‘हेर्दाहेर्दै’मा राखिएको मुद्दामा आज पनि बहस हुनेछ । आइतबारदेखि काठमाडौं जिल्ला अदालतमा न्यायाधीश शिशिरराज ढकालको इजालसमा उक्त मुद्दाको सुनुवाइ जारी छ ।

    आइतबार र बुधबार जाहेरवाला र सरकारी वकिलले बहस गरेका थिए । बुधबार मुरारी सापकोटाले बहस थालेका थिए । उनले २० मिनेट बहस गरेपछि सुनुवाइ स्थगित गरिएको थियो । बिहीबार सापकोटा र ‘लिड लयर’ सरोजकृष्ण घिमिरेसहितका ६ अधिवक्ताले बहस गरे । वरिष्ठ अधिवक्ता शम्भु थापा र नेपाल बारकै पूर्वमहासचिव समेत रहेका वरिष्ठ अधिवक्ता रमन श्रेष्ठले पनि सन्दीपका तर्फबाट बहस गरेका छन् । सन्दीपका तर्फबाट नौ वकिलले बहसका निम्ति नाम लेखाएकामा बिहीबार ६ जनाको बहस सकिएको छ ।

    सरकारी वकिलबाट दुई र जाहेरवालाबाट आठजनाले बहस गरिसकेका छन् । सन्दीप पक्षको बहसपछि जाहेरवाला र सरकारी वकिलका तर्फबाट जवाफी बहस हुनेछ । जवाफी बहस सकिएपछि न्यायाधीशले फैसला सुनाउनेछन् ।

    सन्दीपको मुद्दामा यसअघि पटक–पटक अन्तिम भन्दै इजलास तोकिए पनि सुनुवाइ हुन सकेको थिएन ।

    पीडित भनिएकी गौशाला २६ (छ)को उमेर यकिन गर्न यसअघि पटक–पटक आदेश गरिएको छ । जिल्ला अदालतका तत्कालीन एक नम्बर न्यायाधीश राजु खतिवडाको इजलासले त गएको साउनमा ‘पीडित’की आमाकै उमेर यकिन गर्ने आदेश गरेको थियो । उनकी आमाको उमेर एक ठाउँमा २०३५ र अर्कोमा ०५३ भएको पाइएको थियो ।

    गएको कात्तिक २३ मा न्यायाधीश केशवराज घिमिरेको इजलासले मंसिर २२ गतेभित्र दुवै पक्षका वकिलहरूलाई लिखित बहस नोट पेस गर्न आदेश गरेको थियो । मंसिर २४ मा न्यायाधीश पदमराज पाण्डेको इजलासमा पेसी चढे पनि सन्दीपका वकिलले स्थगित गरेका थिए । दुवै पक्षको बहस नोट पेस गरिएकाले अब संक्षिप्त सुनुवाइ सकिएपछि फैसला गरिनेछ ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend