२०८३, असोज १५ गते

images
Logo

Oct 01 2026 | २०८३, असोज १५ गते

images
  • बिहीबार , असोज १५ २०८३
images

सूर्यदर्शन सहकारीका उपाध्यक्ष दर्लामी काठमाडौंबाट पक्राउ


सञ्चार डबली
  • शुक्रबार, पुस १३ २०८०
  • 7.3K
    SHARES

  • images
    सूर्यदर्शन सहकारीका उपाध्यक्ष दर्लामी काठमाडौंबाट पक्राउ

    पौष १३ २०८०। पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक समिति उपाध्यक्ष कैलाशकुमार दर्लामी बिहीबार काठमाडौंबाट पक्राउ परेका छन् । सहकारी ठगीको फरार सूचीमा रहेका उनी लुकिछिपी बसेको अवस्थामा काठमाडौं प्रहरीले पक्राउ गरेको हो ।

    यस सहकारीले बचतकर्ताको १ अर्ब ३५ करोड ५३ लाख ५४ हजार रुपैयाँ अपचलन गरेको अभियोग छ। सूर्यदर्शन सहकारी घोटालाको अभियोगमा कोषाध्यक्ष कुमार रम्तेलसहितका केही व्यक्ति पक्राउ परिसकेका छन् भने अध्यक्ष जीबी राईसहित सञ्चालकहरू फरार छन्।

    यस सहकारीले पोखरामा मात्रै पनि १ अर्ब ११ करोडभन्दा बढी अपचलन गरेको पोखरा महानगरको सहकारी शाखाले जनाएको छ। सञ्चालकहरू फरार भएपछि बचतकर्ताले आफ्नो रकम फिर्ताका लागि प्रशासन, प्रहरी र राजनीतिक नेतृत्व गुहारिरहेका छन्। 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend