२०८३, असोज १५ गते

images
Logo

Oct 01 2026 | २०८३, असोज १५ गते

images
  • बिहीबार , असोज १५ २०८३
images

बैंकबाट रकम चोरी गर्ने तीन जना रौतहटबाट पक्राउ


सञ्चार डबली
  • बिहीबार , पुस १२ २०८०
  • 8.3K
    SHARES

  • images
    बैंकबाट रकम चोरी गर्ने तीन जना रौतहटबाट पक्राउ

    रौतहट,१२ पुस । जिल्लाका विभिन्न बैंकमा सर्वसाधारणले जम्मा गरेको रकम बैंकबाट चोरी गर्ने गिरोहलाई रौतहट प्रहरीले पक्राउ गरेको छ। 

    जिल्लाको गौर नगरपालीका वडा नम्बर ४ वस्ने २५ वर्षीय जितेन्द्र गिरी, गौर ७ वस्ने ३७ वर्षीय दिपेन्द्र कुमार साह र गुजरा नगरपालीका ६ घर भई हाल चन्द्रपुर नगरपालीका १० वस्ने बर्ष ४२ को राज कुमार साहलाई प्रहरीले पक्राउ गरेको हो। 

    गौर नगरपालीका ४ वस्ने जयप्रकाश रायचनौको एनआईसी एसिया र माछापुच्छे बैंकको खाताबाट २०८० असाढ २९ गतेदेखि पटक पटक गरी बाह्र लाख ४६ हजार चार सय ४०, गौर नगरपालीका ७ वस्ने मिश्रीलाल साहको राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय गौरमा रहेको खाताबाट २०८ असाढ २० गतेदेखि पटक पटक गरी जम्मा पाँच लाख,

    रौतहट गौर नगरपालीका २ महादेवपट्टी वस्ने विजय किशोर झाको राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय गौरमा रहेको खाताबाट २०८० मंसिर २९ गते ८० हजार, चन्द्रपुर ९ वस्ने कृष्णप्रसाद तिमल्सिनाको राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय चन्द्रनिगाहपुरमा रहेको खाताबाट २०८० मंसिर ३० गतेदेखि पटक पटक गरी ६ लाख ११ हजार दुई सय आठ रुपैयाँ सन्ताउन्न पैसा गरी ४४ लाख ३७ हजार छ सय २५ रुपैया सन्ताउन्न पैसा उनीहरूले निकालेका थिए। 

    विभिन्न काल्पनिक व्यक्तिहरूको नामको भारतको घोडासहनमा गई किर्ते नागरीकता तथा सवारी चालक अनुमति पत्र बनाई  सिमकार्डहरू निकाली विभिन्न खल्ती तथा विभिन्न बैंकहरूमा खाताखोली मोवाइल बैंकिङमार्फत खाताको रकम अनाधिकृत रूपमा पहुँच पुर्‍याइ चोरी गरेको विषयमा उजुरी परेपछि रौतहट प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।

    पक्राउ परेका तीनै जनालाई अनुसन्धान प्रतिवेदन मिसिलसहित बिहीबार जिल्ला सरकारी वकील कार्यालय रौतहटमा पेश गरीएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। 

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend