काठमाडौ,१२ पुस । एक महिलाको बलात्कार भएको छ । जंगलमा घाँस काट्न गएको बेला गौशाला नगरपालिकाकी ३५ वर्षीया महिलामाथि बलात्कार भएको प्रहरीले जनाएको छ ।
घटना गत शनिबारको हो । गाउँछेउमै पर्ने जंगलमा घाँस काटिरहेको बेला गौशाला नगरपालिका १ स्थित रामनगर चिनिमिल बस्ने ४३ वर्षीय वीरेन्द्र यादवले बलात्कार गरेको प्रहरीले जनाएको छ। बलात्कार गरी आरोपीले भिडिओ बनाएको प्रहरीले जनाएको छ । आरोपी यादव भने घटना भएदेखि फरार छन् ।
स्थानीयका अनुसार सोमबार राति रामनगरका पञ्चहरू घटना मिलाउन बसेका थिए । पैसा लेनदेन गरी गाउँमै मिल्न पीडित महिला र उनका परिवारलाई उनीहरूले दबाब दिएका थिए ।
तर घटनाबारे प्रहरीले जानकारी पाइसकेको र भिडिओ अन्य व्यक्तिहरू समक्ष समेत पुगिसकेकाले मिलाउँदा फस्ने देखेपछि पञ्चहरू पछि हटेको स्थानीय बताउँछन् । ‘बलात्कार भएकै हो। महिलाको स्वास्थ्य परीक्षण भइसकेको छ। आरोपी फरार छन् हामी खोजी रहेका छौं,’ उहाँले भन्नुभयो ।


