२०८३, असोज १५ गते

images
Logo

Oct 01 2026 | २०८३, असोज १५ गते

images
  • बिहीबार , असोज १५ २०८३
images

विद्युत महसुल असुल गर्ने अन्तिम उपाय विद्युत कटौती : कुलमान घिसिङ


सञ्चार डबली
  • बिहीबार , पुस १२ २०८०
  • 7.6K
    SHARES

  • images
    विद्युत महसुल असुल गर्ने अन्तिम उपाय विद्युत कटौती : कुलमान घिसिङ

    काठमाडौं । विद्युत महसुल असुल गर्ने अन्तिम उपायको रुपमा उद्योगका विद्युत कटौती गरेको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताएका छन् । उद्योगले प्रयोग गरेका ट्रंक र डेडिकेटेड लाइनको महसुल विवादबारे प्राधिकरणमा आज आयोजित पत्रकार सम्मेलनमा उनले अन्तिम चरणमा आएर लाइन काट्न बाध्य भएको प्रष्टीकरण दिए । प्राधिकरणले प्रधानमन्त्री पुष्पकमल दाहालसमेतको सहमतिमा भन्दै ९ वटा उद्योगको विद्युत लाइन काटेको छ ।

    घिसिङले महसुल असुलीका लागि प्राधिकरण पछि नहटी क्रमिक रुपले लाइन काट्दै जाने बताए । उनले भने, ‘हाम्रा प्रयासहरु अब विद्युत लाइन नकाटीकन सम्भव छैन भन्ने भएपछि अन्तिम चरणमा आएर हामी लाइन काट्न बाध्य भएका हौं । हामीले ९ वटा उद्योगको लाइन काटेका छौं । करिब ६१ वटा उद्योगको महसुल उठाउन बाँकी छ । अब क्रमिक रुपले हामी काट्दै जान्छौ । यो विद्युत प्राधिकरणको सम्पूर्ण पदाधिकारीहरुले गरेको निर्णय पालन गर्दै जान लागेको हो । अब यो मैले रोकेर पनि रोकिँदैन ।’

    प्राधिकरणले ठुला उद्योगको लाइन काट्न सुरु गरेपछि निजी क्षेत्रले विरोध गरिरहेको छ । उद्योगीहरुले ट्रंक र डेडिकेटेड लाइनको बिल देखाउन चुनौती दिएका छन् । यस विषयमा घिसिङले बक्यौताका सबै विवरण देखाउन तयार रहेको बताए । उनले पत्रकार सम्मेलनमा विद्युत प्राधिकरणअन्तर्गत आवश्यक डाटाहरु उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे ।

    उनले यसको सम्बन्धमा २०७० सालमा ऊर्जा मन्त्रालयले गठन गरेको समितिको प्रतिवेदनले पनि प्रष्ट्याएको बताए । मुलुकमा लोडसेडिङ भइरहेका बेला उद्योग प्रतिष्ठानहरुले विद्युत पाएको प्रमाणित तथ्य रहेको पनि उनले बताएका छन् ।

    उद्योगी व्यवसायीहरुले महसुल बुझाउन अस्वीकार गरेपछि विद्युत प्राधिकरण, विद्युत वितरण विनियमावली, २०७८ विनियम ३१ तथा विद्युत महसुल संकलन विनियमावली, २०७८ को विनियम १० बमोजिम पुस ६ गतेबाट लाइन काट्न सुरु गरेको उनले बताए ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend