२०८३, असोज १५ गते

images
Logo

Oct 01 2026 | २०८३, असोज १५ गते

images
  • बिहीबार , असोज १५ २०८३
images

२५औं पोखरा सडक महोत्सव सुरु


सञ्चार डबली
  • बिहीबार , पुस १२ २०८०
  • 7.8K
    SHARES

  • images
    २५औं पोखरा सडक महोत्सव सुरु

    पोखरा, १२ पुस । 'सडकमै खाऔँ सडकमै रमाऔँ' नारासहित पोखरामा २५ औँ पोखरा सडक महोत्सव सुरु भएको छ। पोखराको हल्लन चोकबाट विभिन्न सांस्कृतिक झाँकी, परम्परागत पन्चे बाजासहित महोत्सवले आफ्नो सुरुवात गरेको हो। सांस्कृतिक झाँकीसहितको बाजागाजा टोली कोमा जाने पार्कमा प्रवेश गरेका थिए। कार्यक्रम पोखराका स्थानीय क्लब तथा आमा समूहको उल्लेख्य उपस्थिति रहेको छ।

    अङ्ग्रेजी नयाँ वर्षको पूर्व सन्ध्यामा हरेक वर्ष यो महोत्सव हुने गरेको छ। महोत्सवलाई रेष्टुरेन्ट तथा बार एशोसियशन नेपालले (रेवान) आयोजना गर्ने गरेको छ। डिसेम्बर २८ देखि जनवरी १ तारिखसम्म चल्ने यो महोत्सवमा कोमा जाने विभिन्न सांस्कृतिक सांगीतिक, विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरू हुने गरेको छ भने लेकसाइडको करिब ३ किलोमिटर सडकखण्डमा त्यहाँका रेष्टुरेन्टहरुले आफ्ना पकवानहरू पस्किने गरेका छन् ।

    महोत्सवमा राष्ट्रियस्तरमा चर्चित गायकहरू दीपक बज्राचार्य, र्‍यापर लाहुरे, र्‍यापर राजन केसी शिला आले, समीक्षा अधिकारी, बद्री पँगेनी, पशुपति शर्मा, पुरुषोत्तम न्यौपाने, मुक्ति एण्ड रिभाइबल, मोक्ष ब्यान्ड आदि चर्चित गायक गायिका एवम् ब्याण्डहरुले आफ्नो प्रस्तुति दिनेछन्। महोत्सवमा रेवानले  एड साथी तथा स्वर्णिम इन्टरटेन्मेन्टसँग व्यवस्थापकीय सहकार्य र 'नोस्टाल्जिक-थ्री'सँग  फूड कोर्ट पार्टनरका रूपमा सहकार्य गरिरहेको छ। 

     

     

     

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend