२०८३, असोज १५ गते

images
Logo

Oct 01 2026 | २०८३, असोज १५ गते

images
  • बिहीबार , असोज १५ २०८३
images

अमेरिकाको टेक्सासमा पिकअपसँग कार ठोक्कियो, ६ भारतीय नागरिकको मृत्यु


सञ्चार डबली
  • बिहीबार , पुस १२ २०८०
  • 11.5K
    SHARES

  • images
    अमेरिकाको टेक्सासमा पिकअपसँग कार ठोक्कियो, ६ भारतीय नागरिकको मृत्यु


    काठमाडौं । अमेरिकाको टेक्सासमा भएको सडक दुर्घटनामा भारतीय मुलका ६ जनाको मृत्यु भएको छ । आन्ध्र प्रदेशका एक एनआरआई परिवारका ६ जनाको मृत्यु भएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन ।

    सो दुर्घटना क्रिसमसको भोलिपल्ट २६ डिसेम्बरमा भएको हो, जुन परिवार आन्ध्र प्रदेशको अमलापुरमबाट अमेरिकामा बसोवास आएका हुन । र, उनीहरू सत्तारुढ वाईएसआर कांग्रेस पार्टीका विधायक पोन्नडा वेंकट सतीश कुमारका आफन्तसमेत हुन् ।

    अमेरिकी सञ्चारमाध्यमका अनुसार मारिएका व्यक्ति गत मंगलबार टेक्सासस्थित अर्का आफन्तको घरमा गएका थिए । त्यसपछि सबैजना स्थानीय चिडियाखाना गए र त्यहाँबाट मिनी भ्यानमा घर फर्किरहेका थिए । सोही क्रममा जोन्सन काउन्टी नजिकै एउटा पिकअप ट्रकले उनीहरू सवार कारलाई ठक्कर दिएको छ।

    सो दुर्घटनामा परी मिनी भ्यानमा सवार ६ जनाको मृत्यु भएको छ भने लोकेश नामका एकजना भने जीवित रहेका छन् । तर, उनको अवस्था निकै नाजुक रहेको जनाइएको छ । सोही क्रममा पिकअपमा सवार दुवै जना घाइते भएका छन् र उनीहरुलाई अस्पतालमा भर्ना गरिएको छ ।

    पिकअप ट्रक गलत दिशामा गएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । अमेरिकी सञ्चारमाध्यमका अनुसार घाइतेहरूलाई हेलिकप्टरबाट मेडिकल सुविधामा लगिएको थियो तर तीमध्ये ६ जनाको अस्पतालमा पुगे पछि मृत्यु भएको घोषणाा गरिएको थियो।

    मृतकहरूको पहिचान विधायक पोन्नडा वेंकटका सतीश कुमारका काका पी नागेश्वर राव, सीता महालक्ष्मी, नवीना, कृतिक र निशिताको रूपमा गरिएको छ। छैटौं व्यक्तिको नाम भने खुल्न सकेको छैन ।

    विधायक पोन्नाडा वेंकट सतीश कुमारले भने, ‘मेरो काका क्रिसमस मनाउन आफन्तको घर गएका थिए। डिसेम्बर २६ मा उहाँहरू बिहान चिडियाखाना गए र स्थानीय समय अनुसार ४ बजे घर फर्कनुभयो। बाटोमा एक गलत साइडबाट आउँदै गरेको पिकअप ट्रकले ठक्कर दियो र सो दुर्घटनामा परेर ६ जनाको मृत्यु भएको थियो।हामी शव ल्याउने प्रयास गरिरहेका छौँ ।’

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend