२०८३, असोज १५ गते

images
Logo

Oct 01 2026 | २०८३, असोज १५ गते

images
  • बिहीबार , असोज १५ २०८३
images

लाल सागरमा सैन्यकरण बन्द गरिनुपर्छ : हुथी बिद्रोही


सञ्चार डबली
  • बिहीबार , पुस १२ २०८०
  • 9.5K
    SHARES

  • images
    लाल सागरमा सैन्यकरण बन्द गरिनुपर्छ : हुथी बिद्रोही


    काठमाडौं। हुथी बिद्रोहीका बरिष्ठ अधिकारीहरूले लाल सागरमाथी भएको ‘सैन्यकरण’ विरुद्ध चेतावनी दिएका छन् ।सो बिद्रोही समुहका सैन्य नेताहरूको बैठक पछि यमनी समूहले प्यालेस्टिनी जनताको उत्पीडनतर्फ दृढ अडानबाट यसलाई रोक्न खोज्ने कार्य स्वरुप सैन्यकरण गर्न खोजिएको आरोप लगाईएको छ । हुथी बिद्रोहीको चेतावनी छ कि कसैगरी पनि त्यो कार्य रोकिनु पर्नेछ ।

    उक्त समूहले गाजासँग ऐक्यबद्धता जनाउँदै इजरायल जाने व्यावसायिक जहाजहरूमाथी थप आक्रमण गर्ने पनि जनाएको छ । जवाफमा संयुक्त राज्य अमेरिकाले जलमार्गमा जहाजहरूको सुरक्षा गर्ने उद्देश्यले गठबन्धन सुरु गरे पछि उक्त समुहको बैठकले सो चेतावनी दिएको हो ।

    हुथी सम्बद्ध साबा समाचार एजेन्सीका अनुसार अधिकारीहरूले एक विज्ञप्तिमा भनेका छन्, ‘हामी अमेरिका र यसका साझेदारहरूलाई लाल सागरमा सैन्यकरण गर्ने र इजरायली निकायको सुरक्षाका लागि अन्तर्राष्ट्रिय नेभिगेसनको सुरक्षालाई हानी गर्ने परिणामहरूबारे चेतावनी दिन्छौं।’

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend