२०८३, असोज १५ गते

images
Logo

Oct 01 2026 | २०८३, असोज १५ गते

images
  • बिहीबार , असोज १५ २०८३
images

सरकारले राख्यो काम नगर्ने चार निर्माण कम्पनी कालोसूचीमा


सञ्चार डबली
  • बिहीबार , पुस १२ २०८०
  • 8.1K
    SHARES

  • images
    सरकारले राख्यो काम नगर्ने चार निर्माण कम्पनी कालोसूचीमा


    काठमाडौं । सरकारले सम्झौता गरे बमोजिम काम नगर्ने चार वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले बिहीबारदेखि लागू हुने गरी चार वटा निर्माण कम्पनीलाई कालो सूचीमा राखेको हो ।

    जसमा भारतको पश्चिम बंगालका आदित्य सितानीको एम.पी. सितानी एण्ड सन्स, सुर्खेतका सूर्यबहादुर खड्काको सूर्य कन्स्ट्रक्सन र सुरेन्द्रराज अधिकारीको काठमाडौंमा रहेको एलिट कन्स्ट्रक्सन प्रालिलाई तीन वर्षका लागि कालो सूचीमा राखेको हो ।

    यी तीन कम्पनीले मध्यपहाडी राजमार्ग आयोजना निर्देशनालय पर्वतबाट ठेक्का लिएर सम्झौता बमोजिम काम नगरेको कार्यालयले जनाएको छ । त्यस्तै, पोखरा महानगरपालिकाको सिफारिसमा भावेश बोहरा मुख्य व्यक्ति रहेको विराटनगरस्थित भूमि इन्फ्रास्ट्रक्चर प्रालिलाई पनि दुई वर्षको लागि कालोसूचीमा राखिएको सार्वजनिक खरिद अनुगमन कार्यालयले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend