२०८३, असोज १५ गते

images
Logo

Oct 01 2026 | २०८३, असोज १५ गते

images
  • बिहीबार , असोज १५ २०८३
images

चार हजार घुससहित अमिन अख्तियारको फन्दामा


सञ्चार डबली
  • बुधबार, पुस ११ २०८०
  • 8.3K
    SHARES

  • images
    चार हजार घुससहित अमिन अख्तियारको फन्दामा

    ११ पुस २०८० काठमाडौं । नापी कार्यालयका एक अमिनलाई चार हजार रुपैयाँ घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार नियन्त्रणमा लिएको छ । 

    नापी कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) का अमिन गोविन्द ढकाललाई प्रहरीले पक्राउ गरेको हो । उनले जग्गा नापजाँच गरी लालपुर्जा दिलाउने प्रयोजनार्थ सेवाग्राहीसँग घुस/रिसवत लिएका थिए ।

    अख्तियारका प्रवक्ता नरहरि घिमिरेका अनुसार, घुस मागेको सूचना एवं उजुरीका आधारमा आयोगको कार्यालय, बुटवलबाट खटिई गएको टोलीले नियन्त्रणमा लिएको हो ।

    सेवाग्राहीबाट चार हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा उक्त रकमसहित कार्यकक्षबाट समातिएका हुन् । घुसबारे थप अनुसन्धान भइरहेको जनाइएको छ ।
     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend