२०८३, असोज १५ गते

images
Logo

Oct 01 2026 | २०८३, असोज १५ गते

images
  • बिहीबार , असोज १५ २०८३
images

सन्दीपविरुद्धको मुद्दा आज पनि हेर्दाहेर्दैमा


सञ्चार डबली
  • बुधबार, पुस ११ २०८०
  • 7.7K
    SHARES

  • images
    सन्दीपविरुद्धको मुद्दा आज पनि हेर्दाहेर्दैमा

    काठमाडौं, ११ पुस । सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामाथि जिल्ला अदालत काठमाडौंमा सुरु भएको सुनुवाइको किनारा आज पनि लाग्न सकेन।

    बुधबार पनि सुनुवाइ नसकिएपछि जिल्ला अदालतले मुद्दालाई हेर्दाहेर्दैमा राखेको छ। आइतबारदेखि सन्दीपविरुद्धको यस मुद्दामा न्यायाधीश शिशिरराज ढकालको इजलासमा सुनुवाइ भइरहेको छ।

    बुधबार पनि सरकारी वकिल र पीडितका कानुन व्यवसायीहरुले बहस गरेका छन्। सन्दीपका कानुन व्यवसायीको बहस र पीडित पक्षको जवाफी बहसपछि इजलासले निर्णय सुनाउनेछ। २०७९ भदौमा लामिछानेविरुद्ध नाबालिग बलात्कारको आरोप लागेपछि उनीविरुद्धको मुद्दा फैसलाको चरणमा छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend