२०८३, असोज १५ गते

images
Logo

Oct 01 2026 | २०८३, असोज १५ गते

images
  • बिहीबार , असोज १५ २०८३
images

मानव तस्करीमा संलग्न भएको आरोपमा अध्यागमनका शाखा अधिकृतसहित थप ८ जनाविरुद्ध मुद्दा दर्ता


सञ्चार डबली
  • बुधबार, पुस ११ २०८०
  • 8.0K
    SHARES

  • images
    मानव तस्करीमा संलग्न भएको आरोपमा अध्यागमनका शाखा अधिकृतसहित थप ८ जनाविरुद्ध मुद्दा दर्ता

    ११ पुस २०८० काठमाडौं । नक्कली कागजात बनाएर भिजिट भिसाका नाममा हुने गरेको मानव तस्करीमा संलग्न भएको आरोपमा अध्यागमनका शाखा अधिकृतसहित थप ८ जनाविरुद्ध मुद्दा दर्ता भएको छ।

    सरकारी वकिल कार्यालय काठमाडौंले जिल्ला अदालत काठमाडौंमा योसँगै ३० जनाविरुद्ध मुद्दा दर्ता भएको हो । यसअघि एक पटक १२ र अर्को पटक १० जना गरी २२ जनाविरुद्ध मुद्दा दर्ता भएको थियो। सेटिङमा नक्कली कागजातमा भिजिट भिसामा मान्छे पठाउँदा लिएको २ लाख रुपैयाँ घुससहित खड्का रंगेहात पक्राउ परेका थिए।

    विमानस्थलमा सेटिङ गरे वापत पाउने २ लाख रुपैयाँ घुसहित रंगेहात पक्राउ परेका खड्काले आफूले सापटी लिएको भन्दै घुसलाई अस्वीकार गरेर बयान दिएका छन्।

    काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले नक्कली कागजातको आधारमा भिजिट भिसामा विभिन्न देशमा मान्छे पठाउने गरेको आरोपमा सरकारी कर्मचारीदेखि विभिन्न ट्राभल एजेन्सीका सञ्चालकसम्मलाई पक्राउ गरेर थप अनुसन्धान तथा कारबाहीका लागि भन्दै जिल्ला प्रहरी परिसर काठमाडौं पठाएको थियो।

    परिसर काठमाडौंले थप अनुसन्धान गरेर मुद्दा चलाउन सिफारिस गरेसँगै सरकारी वकिल कार्यालयहरु उनीहरुविरुद्ध लिखतसम्बन्धी कसुरमा मुद्दा दर्ता गरेको छ। अहिलेसम्म मुद्दा दर्ता गरिएका सबैविरुद्ध लिखतसम्बन्धीका कसुर लगाइएको छ।

    मुलुकी फौजदारी अपराध संहिताको दफा २७६ अनुसार कारबाहीको मागदाबी गरिएको छ। जसअनुसार सरकारी तथा सार्वजनिक लिखत कीर्ते गर्नेलाई ७ वर्षसम्म कैद र ७० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ।

    भिजिट भिसामा विदेश जाने व्यक्तिहरुका शंकास्पद कागजातहरु देखिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रहरी सुरक्षा कार्यालयले अनुसन्धानका लागि भन्दै अपराध अनुसन्धान कार्यालयमा सुरुमा १ हजार ३२ थान कागजात पठाएको थियो। ती कागजात भेरिफाइ गर्ने क्रममा नक्कली भेटिएपछि नक्कली कागजात बनाउने र सेटिङमा विदेश पठाउने गिरोहमाथि प्रहरी अपरेशन चलाएको थियो। यो प्रकरणमा अहिलेसम्म ३५ जना पक्राउ परिसकेका छन्।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend