२०८३, असोज १५ गते

images
Logo

Oct 01 2026 | २०८३, असोज १५ गते

images
  • बिहीबार , असोज १५ २०८३
images

आँबुखैरेनीको पावरहावस नजिकै बोलेरो जिप दुर्घटना : ५ जना घाइते


सञ्चार डबली
  • मंगलबार, पुस १० २०८०
  • 9.0K
    SHARES

  • images
    आँबुखैरेनीको पावरहावस नजिकै बोलेरो जिप दुर्घटना : ५ जना घाइते

    आँबुखैरेनी,१० पुस । तनहुँको आँबुखैरेनी गाउँपालिका–४ स्थित पावरहाउस नजिकै आज बिहान भएको जिप दुर्घटनामा परी ५ जना घाईते भएका छन् । जिप बिहान करिब ४ बजेतिर दुर्घटना भएको आँबुखैरेनी प्रहरीले जानकारी दिएको छ ।

    आँबुखैरेनीबाट मुग्लिनतर्फ जादै गरेको बा १७ च ७९६० नं.को बोलेरो जीप दुर्घटनामा परेको हो । दुर्घटना परि जीप सडकबाट करिब १५० टिर तल मस्र्याङ्गदी नदीमा खसेको प्रहरीले जनाएको छ ।

    उक्त दुर्घटनामा ५ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ । दुर्घटनामा परी घाइते हुनेहरुमा कैलाली धनगढी–४ का २७ वर्षीय दयाराम राना, सुर्खेत बिरेन्द्र नगर नगरपालिका–६ का २८ वर्षीय थानेश्वर भट्टराई, सोही स्थान बस्ने २८ वर्षीय निबस खत्री, दार्चुला महाकाली–५ बस्ने वर्ष २४ को राकेश भट्ट र कैलाली गोदाबारी–३ बस्ने वर्ष ३० को खगेन्द्रराज पनेरु रहेका छन् ।

    घाईते मध्ये केहीको आँबुखैरेनी अस्पताल र भरतपुरको पुरानो मेडिकल कलेजमा उपचार भैरहेको प्रहरीले जानकारी दिएको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend