२०८३, असोज १५ गते

images
Logo

Oct 01 2026 | २०८३, असोज १५ गते

images
  • बिहीबार , असोज १५ २०८३
images

चेपाङ समुदायलाई इच्छाकामना गाउँपालिकाद्वरा सोलार वितरण


सञ्चार डबली
  • मंगलबार, पुस १० २०८०
  • 9.2K
    SHARES

  • images
    चेपाङ समुदायलाई इच्छाकामना गाउँपालिकाद्वरा सोलार वितरण

    भरतपुर, १० पुस । चितवनको इच्छाकामना गाउँपालिकाले चेपाङ र विपन्न समुदायका नागरिकलाई सोलार वितरण गरेको छ। 

    विद्युतिकरण नभएका र तत्काल विद्युतिकरणको सम्भावना नरहेका ठाउँमा रहेका नागरिकलाई सोलार वितरण गरिएको गाउँपालिकाले जनाएको छ। 

    सोमबार वडानम्वर ७ स्थित ट्याङकीडाँडाका १५ घरधुरी चेपाङ समुदायलाई गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले सोलार हस्तान्तरण गरेका हुन्। उनले तत्काल विद्युत लैजान नसकिने र विद्युतिकरण गर्दा बनजंगल क्षेत्र पर्ने ठाउँका नागरिकलाई सोलार प्रदान गरिएको बताए।

    गाउँपालिकाले सोलार वितरण गर्ने ४५ घरधुरीमा ४० परिवार चेपाङ छन्। पाँच घर गुरुङ र मगर समुदायका छन्।
     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend