२०८३, असोज १५ गते

images
Logo

Oct 01 2026 | २०८३, असोज १५ गते

images
  • बिहीबार , असोज १५ २०८३
images

हिटर बालेर सुत्दा श्रीमानको मृत्यु, श्रीमतीको उपचार हुँदै


सञ्चार डबली
  • मंगलबार, पुस १० २०८०
  • 7.5K
    SHARES

  • images
    हिटर बालेर सुत्दा श्रीमानको मृत्यु, श्रीमतीको उपचार हुँदै

    धुलिखेल, १० पुस । काभ्रेमा हिटर बालेर सुत्दा एक पुरुषको मृत्यु भएको छ भने उनकी श्रीमतीको उपचार भइरहेको छ । 

    कोठामा हिटर र फलामको कराइमा आगो बालेर सुत्दा नमोबुद्ध नगरपालिका–१ का ८२ वर्षीय कर्मा ग्याल्बो लामाको मृत्यु भएको र उनकी ८१ वर्षीया श्रीमती असनी लामाको उपचार भइरहेको छ । 

    सोमबार राति कोठामा झ्याल–ढोका बन्द गरेर हिटर र फलामको कराइमा आगो बालेर उनीहरु सुतेका थिए । मंगलबार बिहान ८ बजेसम्म उनीहरु नउठेपछि छोराबुहारीले खोलेर हेर्दा दुवैजना बेहोस अवस्थामा फेला पारेपछि धुलिखेल अस्पताल लगेका थिए । 

    तर, कर्माको उपचारका क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको र उपचार भइरहेको असनीको स्वास्थ्य अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend