२०८३, असोज १५ गते

images
Logo

Oct 01 2026 | २०८३, असोज १५ गते

images
  • बिहीबार , असोज १५ २०८३
images

आन्तरिक बजेटमा अनुशासन, बेथितिको अन्त्य हुँदैछः अर्थमन्त्री महत


सञ्चार डबली
  • मंगलबार, पुस १० २०८०
  • 8.7K
    SHARES

  • images
    आन्तरिक बजेटमा अनुशासन, बेथितिको अन्त्य हुँदैछः अर्थमन्त्री महत


    काठमाडौं । बजेट दुरुपयोगको बेथिति अन्त्य हुने अर्थमन्त्री डा. प्रकाशशरण महतले बताएका छन् । आज १७ औं चितवन हात्ती तथा पर्यटन महोत्सवको सौराहामा उद्घाटन गर्दै अर्थमन्त्री महतले आवश्यक बजेट मन्त्रालयले माग गर्ने व्यवस्था भइरहेको भन्दै आन्तरिक बजेटमा अनुशासनहीनता घट्ने बताए । 

    ‘तीन करोडभन्दा कमको आयोजना केन्द्रले अगाडि बढाउँदैन । एक करोडभन्दा कमको आयोजना प्रदेशले हाल्दैन, एक करोडभन्दा तलको आयोजना स्थानीय सरकारले गर्ने कार्यविधि आइसकेको छ,’ उनले भने, ‘राष्ट्रिय गौरवको आयोजनाबाहेक चार गुणाभन्दा बढी नगर्ने निर्णय भएको छ । अर्को वर्षबाट बहुवर्षे आयोजनामा बजेट नराख्ने र ठेकेदारले दाबी गर्ने परम्पराको अन्त्य हुनेछ । जति बजेट आवश्यक हो, त्यो मन्त्रालयले माग गर्ने व्यवस्था हुँदैछ । यसले आन्तरिक बजेटमा अनुशासन, बेथितिको अन्त्य हुँदैछ ।’ 

    अहिलेको मौद्रिक नीतिले कर्जामा लगानी बढाउने, ब्याजदर घटाउने भन्दै उनले उपभोक्ताले उपभोग गर्न गाह्रो मान्न नपर्ने बताए । अहिले आर्थिक सूचकहरु विस्तारै सकरात्मक भई बढी पर्यटक आगमन पनि बढेको भनाइ उनले राखे ।  

    अर्थमन्त्री महतले जलविद्युत, कृषि व्यापार, पर्यटन र सूचना प्रविधिले मुलुकको अर्थतन्त्रलाई अर्को तहमा पु¥याउने भन्दै स्वदेशमै लगानी र प्रतिफलको अवसर खोज्न सकिने बताए । ‘जलविद्युत, कृषि व्यापार, पर्यटन र सूचना प्रविधिले नेपालको अर्थतन्त्रलाई अर्को तहमा पु¥याउँछ । अवसर यहीँ छ, युवाहरुले सूक्ष्म दृष्टिले यहाँका अवसरहरु खोज्नुपर्छ । यो देशमा धेरै गर्न बाँकी रहेकाले अवसर यहीँ छ,’ उनले भने । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend