२०८३, असोज १५ गते

images
Logo

Oct 01 2026 | २०८३, असोज १५ गते

images
  • बिहीबार , असोज १५ २०८३
images

 प्रचण्ड नेतृत्व सरकार एक वर्ष काण्डै काण्डमा बित्यो : मोहन श्रेष्ठ


सञ्चार डबली
  • मंगलबार, पुस १० २०८०
  • 9.9K
    SHARES

  • images
     प्रचण्ड नेतृत्व सरकार एक वर्ष काण्डै काण्डमा बित्यो : मोहन श्रेष्ठ


    काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तेस्रोपटक प्रधानमन्त्रीमा नियुक्त भएको मंगलबार एक वर्ष पूरा भएको छ । १० पुस २०७९ मा प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएका थिए । उनी नेतृत्वको सरकारले एक वर्ष पूरासँगै समीक्षा भइरहेको छ । प्रधानमन्त्रीमा नियुक्त हुँदा समर्थन गरेको राप्रपाले पनि प्रचण्ड सरकारको समीक्षा गरेको छ । राप्रपासहितको समर्थनमा प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएका थिए । तर, पछि कार्यशैलीप्रति चित्त नबुझेपछि राप्रपाले समर्थन फिर्ता लिएको थियो ।

    उनै राप्रपाका प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले प्रचण्ड नेतृत्व सरकार एक वर्ष काण्डै काण्डमा बितेको बताएका छन् । प्रचण्ड सरकारसँग सुशासन, रोजगारी सिर्जना, चलायमान अर्थतन्त्र, महंगी नियन्त्रण, विकासका प्रयासहरुदेखि कमसेकम गरिखान पाउने वातावरणको निर्माण जनताका न्युनतम अपेक्षा गरिएको भए पनि एक वर्ष निराशाजनक रहेको बताउँदै उनले सरकार विभिन्न काण्डै काण्डमा परेको बताए ।

    ‘सुनकाण्ड, नक्कली भुटानी शरणार्थी काण्ड, एनसेल काण्डजस्ता काण्डहरुमा देखिएका तमासा, उच्च राजनीतिक नेतृत्वको संलग्नता, जोगाउने र फसाउने गोलचक्करमै एक वर्ष व्यतित भएको छ,’ प्रवक्ता श्रेष्ठले भने, ‘घरेलु शक्तिबीचको एकताबाट निर्माण गरिएको समीकरण भत्काएर विदेशी शक्ति रिझाउने गरी बनाइएको गठबन्धनले कसको स्वार्थ पूरा गर्‍यो वा गर्नेछ त्यो क्रमशः देखिँदै जाला, तर सरकारको एक वर्षे अवधिमा नेपाल र नेपाली जनताले उज्यालो महशुस गर्न भने सकेनन्, पाएनन् ।’ प्रचण्ड नेतृत्वको सरकार कम्पास हराएको पानी जहाजजस्तो भएको टिप्पणी गर्दै उनले भने, ‘दिशाविहीन सरकार, कम्पास हराएको पानीजहाज जस्तो ।’


    प्रचण्ड नेतृत्वको समीक्षा गर्दै सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्:
    प्रचण्ड नेतृत्वको सरकारले एक वर्ष पूरा गरेको छ। निर्वाचनपछि बनेको सरकारसंग सुशासन, रोजगारी सिर्जना, चलायमान अर्थतन्त्र, महंगी नियन्त्रण, विकासका प्रयासहरुदेखि कमसेकम गरिखान पाउने वातावरणको निर्माण जनताका न्युनतम अपेक्षा थियो। तर समग्रमा यो एक वर्ष निराशाजनक रह्यो । सुनकाण्ड, नक्कली भुटानी शरणार्थी काण्ड, एनसेल काण्ड जस्ता काण्डहरुमा देखिएका तमासा, उच्च राजनीतिक नेतृत्वको संलग्नता, जोगाउने र फसाउने गोलचक्करमै एक वर्ष व्यतित भएको छ। घरेलु शक्तिबीचको एकताबाट निर्माण गरिएको समीकरण भत्काएर विदेशी शक्ति रिझाउने गरी बनाइएको गठबन्धनले कसको स्वार्थ पूरा गर्यो वा गर्नेछ त्यो क्रमशः देखिदै जाला तर सरकारको एक वर्षे अवधिमा नेपाल र नेपाली जनताले उज्यालो महशुस गर्न भने सकेनन्, पाएनन् ! दिशाविहिन सरकार– कम्पास हराएको पानीजहाज जस्तो !

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend