२०८३, असोज १५ गते

images
Logo

Oct 01 2026 | २०८३, असोज १५ गते

images
  • बिहीबार , असोज १५ २०८३
images

नाइजेरियामा सशष्त्र समुहद्वारा १६० जनाको सामुहिक हत्या


सञ्चार डबली
  • मंगलबार, पुस १० २०८०
  • 10.4K
    SHARES

  • images
    नाइजेरियामा सशष्त्र समुहद्वारा १६० जनाको सामुहिक हत्या


    काठमाडौं । मध्य नाइजेरियाका गाउँहरूमा भएको शृङ्खलाबद्ध आक्रमणमा सशस्त्र समूहहरूले कम्तीमा १६० जनाको ज्यान लिएको छ । धेरै वर्षदेखि धार्मिक र जातीय तनावको सामना गरिरहेको यस क्षेत्रमा सेनाले आइतबार साँझ सार्वजनिक गरेको प्रारम्भिक तथ्यांकको तुलनामा मृत्यु हुनेको संख्या उल्लेख्य रूपमा बढेको छ ।

    बोकोसका स्थानीय सरकारका प्रमुख कासाहले जानकारी दिदैँ भनेका छन कि ‘शनिबारको युद्ध सोमबार बिहानसम्म जारी रहँदा कम्तीमा ११३ जनाको मृत्यु भएको पुष्टि भएको छ।’कासाहका अनुसार उक्त सैन्य गिरोहलाई स्थानीय रूपमा ‘डाकु’ भनेर चिनिन्छ। ‘तिनीहरूले कम्तिमा २० विभिन्न समुदायहरूमाथी आक्रमण गरे र घरहरूमा आगो लगाए,’ उनले भने, ‘हामीले ३०० भन्दा बढी घाइते व्यक्तिहरू भेट्टायौं, जसलाई बोकोस, जोस र बर्किन लाडीका अस्पतालहरूमा लगिएको छ ।’

    राज्य संसद सदस्य डिक्सन चोलोमका अनुसार बार्किन लाडी क्षेत्रका धेरै गाउँहरूमा कम्तीमा ५० जनाको मृत्यु भएको छ । उनले आक्रमणको निन्दा गर्दै सुरक्षा निकायलाई तुरुन्त कारबाही गर्न आग्रह गरे। ‘हामी यी मृत्युका व्यापारीहरूको रणनीतिमा झुक्ने छैनौं, हामी न्याय र दिगो शान्तिको खोजीमा एकजुट छौं,’ चोलोमले भने।

    बोक्कोस क्षेत्रमा सुरु भएको आक्रमण छिमेकी बार्किन लाडीसम्म फैलिएको थियो, जहाँ ३० जनाको मृत्यु भएको थियो । स्थानीय अध्यक्ष डन्जुमा डाकिलेका अनुसार यो क्रम शुक्रबार देखी सोमबार बिहानसम्म नै जारी रहयो ।

    आइतवार सो राज्यका गभर्नर कालेब मुटफवाङले हिंसाको निन्दा गर्दै यसलाई ‘बर्बर, क्रूर र अनुचित’ भन्दै टिप्पणी गरेका थिए, उनले सो हत्याकाण्डमा संलग्नहरुलाई कारबाही गर्नेसमेत जनाएका थिए ।गभर्नरका प्रवक्ता ग्याङ बेरेले भने, ‘निर्दोष नागरिकहरू विरुद्ध जारी आक्रमणहरू रोक्न सरकारद्वारा सक्रिय कदम चालिनेछ।’

    नाइजेरियाको अधिकांश मुस्लिम उत्तर र मुख्य रूपमा ईसाई रहेको दक्षिणी बीचको विभाजन रेखामा रहेको क्षेत्रको स्रोतका अनुसार सोमबार दिउँसो पनि बन्दुकको आवाज सुनिएका थिए । मुशु गाउँका बासिन्दा मार्कस अमोरुडुले यसरी भयानक गोली चलाउँदा मानिसहरू सुतिरहेको अबस्थामा रहेको बताए।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend