भारतको दिल्ली प्रहरीले १६ देखि १७ वर्षका तीन नाबालिकाले २५ वर्षीय युवकको हत्या गरेको जनाएको छ। पक्राउ परेका तीनै नाबालिकाले आजाद नाम गरेका व्यक्तिको हत्या आफूहरूले गरेको स्वीकार गरेको प्रहरीको भनाइ छ।
समाचार एजेन्सी पीटीआईका अनुसार प्रहरीले भनेको छ, ‘यी नाबालिगका अनुसार आजादले तीनमध्ये एक जनालाई यौन शोषण गर्थे। सोही कारण अन्य दुई जनासँग मिलेर पीडितले उनको हत्या गरिन्।’ पीटीआईका अनुसार प्रहरीले खुसरो पार्क नामक ठाउँबाट उक्त व्यक्तिको आधा जलेको शव फेला पारेको छ।
अनुसन्धानकर्ताहरूले भनेका छन्, ‘हामीले शव निकालेर पोस्टमार्टमका लागि एम्स पठाएका छौँ यस मामिलामा हत्या र प्रमाण लुकाउने धाराअन्तर्गत एफआईआर दर्ता गरिएको छ। आरोपितहरूले यही डिसेम्बर २१ को राति यो हत्या गरेको प्रहरीलाई बताएका छन्। त्यसपछि उनीहरूले सुकेको घाँस र कपडाले शव जलाउने प्रयास गरेका थिए।’


