२०८३, असोज १५ गते

images
Logo

Oct 01 2026 | २०८३, असोज १५ गते

images
  • बिहीबार , असोज १५ २०८३
images

बसको ठक्करबाट दुईजनाको मृत्यु भएपछि अवरुद्ध वीपी राजमार्ग खुल्यो


सञ्चार डबली
  • सोमबार, पुस ९ २०८०
  • 7.6K
    SHARES

  • images
    बसको ठक्करबाट दुईजनाको मृत्यु भएपछि अवरुद्ध वीपी राजमार्ग खुल्यो



    काठमाडौं । बसको ठक्करबाट दुईजनाको मृत्यु भएको विषयलाई लिएर अवरुद्ध गरिएको सिन्धुलीको सुनकोशी गाउँपालिका–३ बोहोरेटारस्थित वीपी राजमार्ग खुलेको छ । बसले मोटरसाइकललाई ठक्कर दिएपछि दुईजनाको मृत्यु भएसँगै आक्रोशित बनेका स्थानीयले बसमा आगजनी गर्दै सडक नै अवरुद्ध पारेका थिए । तर, दिउँसो १ बजेबाट अवरुद्ध सडक सञ्चालनमा आएको र कुनै अवरोध नरहेको प्रहरीले जनाएको छ ।

    रामेछापको मन्थलीबाट काठमाडौंजाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ४५९३ नम्बरको अरनिको यातायात सेवा प्रालिको बसले काठमाडौंबाट खुर्कोट जाँदै गरेको बा६०प ३५४५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुईजनाको मृत्यु भएको थियो । बसले ठक्कर दिएलगत्तै सोमबार बिहान १० बजेबाट स्थानीयले सडक अवरुद्ध पारेका थिए ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend