२०८३, असोज १५ गते

images
Logo

Oct 01 2026 | २०८३, असोज १५ गते

images
  • बिहीबार , असोज १५ २०८३
images

बसको ठक्करबाट दुईजनाको मृत्यु, वीपी राजमार्ग अवरुद्ध


सञ्चार डबली
  • सोमबार, पुस ९ २०८०
  • 7.2K
    SHARES

  • images
    बसको ठक्करबाट दुईजनाको मृत्यु, वीपी राजमार्ग अवरुद्ध


    काठमाडौं । सिन्धुलीमा बस र मोटरसाइकल आपसमा ठोक्किँदा दुईजनाको मृत्यु भएपछि वीपी राजमार्ग अवरुछ गरिएको छ । सिन्धुलीको सुनकोशी गाउँपालिका–३ बोहोरेटारमा बा। प्र। ०१–००६ ख ४५९३ नम्बरको बस बस र बा ६० प ३५४५ नम्बरको मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएपछि स्थानीयले सो सडकखण्डमा पर्ने वीपी राजमार्ग अवरुद्ध गरेका हुन् ।

    बसको ठक्करबाट मोटरसाइकल चालक रामेछापको मन्थली नगरपालिका–१३ बस्ने २४ वर्षीय रुपेश अधिकारी र खोटाङको दिक्तेल नगरपालिका–१० बस्ने १८ वर्षीया मुनाकला राईको मृत्यु भएपछि स्थानीयले सडक अवरुद्ध परेका हुन् ।

    स्थानीयले सडक अवरुद्ध पारेपछि सो सडकखण्ड भएर यात्रारत सयौँ यात्रु अलपत्र परेका छन् । बस र चालकलाई इलाका प्रहरी कार्यालय खुर्कोटले नियन्त्रणमा लिएको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend