२०८३, असोज १५ गते

images
Logo

Oct 01 2026 | २०८३, असोज १५ गते

images
  • बिहीबार , असोज १५ २०८३
images

नवलपुरको जंगलमा घाँस काट्न गएका सासू-बुहारी मृत फेला


सञ्चार डबली
  • सोमबार, पुस ९ २०८०
  • 8.7K
    SHARES

  • images
    नवलपुरको जंगलमा घाँस काट्न गएका सासू-बुहारी मृत फेला

    ९ पुस, चितवन । पूर्व नवलपुरको विनयीत्रिवेणी गाउँपालिका वडा नं. १ को खहरे जंगलमा घाँस काट्न गएका सासु-बुहारीको शव फेला परेको छ ।स्थानीय २८ वर्षीया विष्णु पौडेल र उनकी सासू ६० वर्षीया मनादेवी पौडेल आइतबार राति मृत फेला परेको जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) का प्रहरी नायव उपरीक्षक वेद बहादुर पौडेलले जानकारी दिए ।

    उनीहरु आइतबार बिहान ११ बजे घाँस काट्न भनेर घर नजिकैको जंगलमा गएका थिए । अबेरसम्म पनि उनीहरु घर नफर्किएपछि प्रहरीको सहयोगमा खोजी सुरु गरिएको थियो । खोज्ने क्रममा गएराति १० बजेतिर जंगलमा दुवै जना मृत फेला परेको प्रहरीले जनाएको छ । 

    दुवैको बायाँ कम्परा र कम्परा पछाडि चोट देखिएको छ । कम्परमा चोट लागेको र घटनाको प्रकृति हेर्दा जंगली जनावरले आक्रमण गरेको हुन सक्ने डिएसपी पौडेलले बताए । घटना हेर्दा उनीहरुको जंगली जनावरको आक्रमणबाट ज्यान गएको अनुमान गर्न सकिन्छ ।

    उनीहरुको शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

     

     

     

     

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend