२०८३, असोज १५ गते

images
Logo

Oct 01 2026 | २०८३, असोज १५ गते

images
  • बिहीबार , असोज १५ २०८३
images

१४ किलो सुन तस्करी प्रकरण:  मिनबहादुरको समुह नै संलग्न रहेको छानविन समितिको निष्कर्ष 


सञ्चार डबली
  • आइतबार, पुस ८ २०८०
  • 8.3K
    SHARES

  • images
    १४ किलो सुन तस्करी प्रकरण:  मिनबहादुरको समुह नै संलग्न रहेको छानविन समितिको निष्कर्ष 


    काठमाडौं । त्रिभुवन विमानस्थलबाट बरामद भएको १४ किलो सुन प्रकरण छानविन समितिले तस्करीमा मिनबहादुर घले समुहकै संलग्नता रहेको निष्कर्ष निकालेको छ । आइतबार पत्रकार सम्मेलन गरी १४ किलो सुनबारे छानविन गर्न गठित समितिले तस्करी प्रकरणको प्रतिवेदन बुझाउँदै सो समुहले पटक पटक गरी १ सय ३८ किलो सुन भित्र्याएको ठहर गरेको हो । 

    पत्रकार सम्मेलनमा समिति संयोजक मनिराम पौडेलले, मीनबहादुर घले र उनको समूह नै सुन तस्करीमा संलग्न रहेको निष्कर्ष निकालिएको जानकारी दिए । उनले भने, ‘मिन बहादुर घलेले दुबईमा तथाकथित अंकित अग्रवाल नाम गरेको व्यक्तिसँग सम्पर्क राखी नेपालमा सुन तस्करी गर्न चाँजोपाँजो मिलाउने गरेको देखियो ।  मिन बहादुर घले स्वयंम तथा चन्द्र घले र कृष्ण कुमार श्रेष्ठ समेतले पटक–पटक दुबईबाट सुन लिई आउने गरेको अनुसन्धानबाट खुल्न आयो । घलेले एयरपोर्टको सेटिङ् मिलाउन डि.वी. भन्ने दन बहादुर गुरुङ्गलाई प्रयोग गरेको देखिन आयो ।’

    पटक पटक गरी मिन बहादुर घले, चन्द्र घले र कृष्ण कुमार श्रेष्ठले १३८ के।जी। सुन नेपाल भित्र्याएको पाइएको उनले जानकारी दिए । विमानस्थलबाट सेटिङ गरी तस्करी गर्ने क्रममा पछिल्लो पटक चन्द्र घलेले ल्याएको १४ के.जी. सुन पकाउ परेको पाइएको उनको भनाई छ । घलेले गत बिहीबार राति छातीमा लुकाएर कपडाले बेरेर बिस्कुटजस्तो आकारको सुन ल्याएका थिए । उनलाई विमानबाटै नियन्त्रणमा लिएर अनुसन्धान थालिएको थियो । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend