२०८३, असोज १५ गते

images
Logo

Oct 01 2026 | २०८३, असोज १५ गते

images
  • बिहीबार , असोज १५ २०८३
images

न्यायिक काम कारबाही तथा प्रशासनिक काम कारबाहीमा सरलता आउनेछ : प्रधानन्यायाधीश श्रेष्ठ


सञ्चार डबली
  • आइतबार, पुस ८ २०८०
  • 8.3K
    SHARES

  • images
    न्यायिक काम कारबाही तथा प्रशासनिक काम कारबाहीमा सरलता आउनेछ : प्रधानन्यायाधीश श्रेष्ठ


    काठमाडौं । देशभरका सबै उच्च अदालतहरूका मुद्दा पेसीमा स्वचालित प्रणाली सुरु भएको छ । आज बिहान उच्च अदालत पाटनमा सर्वोच्च अदालतका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले सो प्रणालीको उद्घाटन गरेसँगै देशभरका उच्च अदालतहरुमा स्वचालित पेसी प्रणाली सुरु गरेका हुन् ।

    उक्त प्रणालीको उद्घाटन गर्दै प्रधानन्यायाधीश श्रेष्ठले अब न्यायिक काम कारबाही तथा प्रशासनिक काम कारबाहीमा सरलता आउने विश्वास व्यक्त गरे ।  उनले मुद्दा पेसीमा स्वचालित प्रणाली सुरु भएसँगै सेवाग्राहीहरूलाई भेदभाव बिना पेसी तारिख प्राप्त हुने बताए । 

    उनले भने, ‘अब न्यायिक काम कारबाही प्रशासनिक काम कारबाहीमा सरलता त दिन्छ नै  यसप्रति सबैको विश्वास यसको गुणस्तरीयता, पारदर्शिता सबैले अपनाउने छन् । किनकी यो सिस्टमबाट हुने कुरा हो । यहाँ कसैले अनुरोध गरेर हुने कुरा छैन् अब पेसी तारिख सेवाग्राहीहरूलाई भेदभाव बिना पेसी तारिख प्राप्त हुने दिन आयो ।’ उनले कसैको सहयोगबिना देशकै आइटि टिमबाट प्रणाली ल्याएकोले केही समस्या आएमा समाधान खोजेर सफल बनाउने विश्वास व्यक्त गरे । यसपछि जिल्ला अदालतमा पनि यसको शुभारम्भ गर्नका लागि अध्ययन सुरु गरिसकेको उनले जानकारी दिए । उनले भने, ‘बाहिर कसैको सहयोगले बनाएको होइन् हामै आईटी टिमबाट बनाइएको हो ।

    त्यसैले केही समस्या आयो अप्ठ्यारो भयो भने हामीभित्रबाट नै समाधान गर्न सकिने छ । त्यसैले यो सफल हुन्छ भन्ने पूरा विश्वास छ । यसपछि जिल्ला अदालतमा पनि यसको शुभारम्भ गर्न पाए हुन्थ्यो भनेर मैले अध्ययन सुरु गरिसकेको छु । ’उनले निकट भविष्यमा नै अधिवक्ताको ल फर्मबाटै मुद्दा, रिट, निवेदन दर्ता गर्ने प्रणालीको विकास गर्ने समेत उनको भनाई थियो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend