२०८३, असोज १५ गते

images
Logo

Oct 01 2026 | २०८३, असोज १५ गते

images
  • बिहीबार , असोज १५ २०८३
images

गुल्मीमा एक महिनादेखि हराएका वृद्ध मृत भेटिए


सञ्चार डबली
  • शनिबार, पुस ७ २०८०
  • 5.9K
    SHARES

  • images
    गुल्मीमा एक महिनादेखि हराएका वृद्ध मृत भेटिए

    गुल्मी । एक महिनादेखि हराएका व्यक्ति मृत फेला परेका छन् । जिल्लाको रेसुंगा नगरपालिका-७ का ६२ वर्षीय चेतमान चुँदारा शनिबार मृत फेला परेको प्रहरीले जनाएको छ ।

    चुँदाराको शव अर्जुन डाँडाको जंगलमा फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक (डीएसपी) डिल्लीनारायण पाण्डेले बताए । चुँदारा गत मंसिर १ मा घरबाट केही नभनी हिँडेका थिए ।

    उनको खोजी गरिदिन परिवारका सदस्यले प्रहरीलाई आग्रह गरेका थिए । चेतमानको शव पोष्टमार्टमका लागि गुल्मी अस्पातलमा ल्याउने तयारी भइरहेको छ । घटनाको बारेमा थप अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend