२०८३, असोज १५ गते

images
Logo

Oct 01 2026 | २०८३, असोज १५ गते

images
  • बिहीबार , असोज १५ २०८३
images

भक्तपुरमा बोलेरोको ठक्करबाट पैदल यात्रीको मृत्यु


सञ्चार डबली
  • शनिबार, पुस ७ २०८०
  • 7.2K
    SHARES

  • images
    भक्तपुरमा बोलेरोको ठक्करबाट पैदल यात्रीको मृत्यु

    अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको जगाती पुलमा बोलेरोको ठक्करबाट एकजना पैदल यात्रीको मृत्यु भएको छ।

    जगातीबाट साँगातर्फ जाँदै गरेको बा १० च. ८२८३ नम्बरको बोलेरो जीपले सोही दिशाबाट आउँदै गरेका पैदल यात्री रोल्पा घर भएका ३१ वर्षीय अर्जुन घर्तीमगरलाई ठक्कर दिँदा उनकाे मृत्यु भएको हो।

    शुक्रबार राति झण्डै ९ बजे जीपकाे ठक्करबाट गम्भीर घाइते भएका उनलाइ उपचारका लागि केएमसी अस्पताल, सिनामंगल लगिएकाे थियाे। उपचारकै क्रममा शनिबार उनकाे मृत्यु भएको प्रहरीले जनाएको छ।

    घटनास्थलमा प्रहरी वृत्त जगाती भक्तपुरबाट अनुसन्धान अधिकृतसहितको प्रहरी टोली खटिई प्रारम्भिक अनुसन्धान कार्य भइसकेको जनाइएको छ।

    बोलेरो र चालक भक्तपुर सूर्य विनायक नगरपालिका वडा नं. १० नलिन्चोक बस्ने ५६ वर्षीय विश्वनाथ हेङ्गजुलाई प्रहरीले नियन्त्रणमा लिएको छ। हाल उनलाई प्रहरी वृत्त जगाती भक्तपुरमा राखिएको छ। घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको जनाइएको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend