२०८३, असोज १५ गते

images
Logo

Oct 01 2026 | २०८३, असोज १५ गते

images
  • बिहीबार , असोज १५ २०८३
images

बाघको आक्रमणबाट बर्दियामा बालकको मृत्यु


सञ्चार डबली
  • शनिबार, पुस ७ २०८०
  • 7.0K
    SHARES

  • images
    बाघको आक्रमणबाट बर्दियामा बालकको मृत्यु

    बाघको आक्रमणबाट एक बालकको मृत्यु भएको छ। बारबर्दिया नगरपालिका–४ का १२ वर्षीय सुमित थारुको शनिबार दिउँसो बाघको आक्रमणबाट मृत्यु भएको हो।

    बारबर्दिया नगरपालिका–४ जिरा सामुदायिक वनमा बालकमाथि आक्रमण भएको डिभिजन वन कार्यालयका प्रमुख प्रविण बिडारीले बताए। ‘फिल्ड कर्मचारीहरुको अनुसार चितुवाले आक्रमण गरेको बुझिएको छ’ डिभिजन वन कार्यालयका प्रमुख बिडारीले भने,‘ बाघ वा चितुवाले आक्रमण गरेको यकिन छैन।’

    आज दिउँसो साढे १२ बजे बालक आक्रमणमा परेको जिल्ला प्रहरी कार्यालय गुलरियाका डिएसपी तुल्सीराम अर्यालले बताए।

    ‘मृतक बालक बबई नदीमा नुहाउन गएका थिए’ डिएसपी अर्यालले भने,‘नुहाएर जिरा सामुदायिक वनको बाटो फर्किदा गर्दै बाघले आक्रमण गरेको हो।’

    गम्भीर घाइते बालकको आरसि मेमोरियल अस्पताल जयनगरमा उपचारको क्रममा साढे १ बजे मृत्यु भएको डिएसपी अर्यालले जानकारी दिए।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend