२०८३, असोज १५ गते

images
Logo

Oct 01 2026 | २०८३, असोज १५ गते

images
  • बिहीबार , असोज १५ २०८३
images

आजदेखि नारायणगढ–मुग्लिन सडकखण्ड चार घण्टा बन्द हुने


सञ्चार डबली
  • शनिबार, पुस ७ २०८०
  • 7.0K
    SHARES

  • images
    आजदेखि नारायणगढ–मुग्लिन सडकखण्ड चार घण्टा बन्द हुने


    काठमाडौं । आजदेखि नारायणगढ–मुग्लिन सडकखण्डमा दैनिक चार घण्टा सवारी साधन चलाउन नपाइने भएको छ । नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा पुल बनाउन सडकको भित्तो काट्न सुरु गर्ने भएकाले आज बिहान ११ देखि दिउँसो ३ बजेसम्म सडक बन्द रहने छ ।

    जसका कारण सो सडकखण्ड प्रयोग गर्ने चितवन र तनहुँतर्फका विभिन्न ६ स्थानमा सवारी साधन बाटोमै रोकिने नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन) का सूचना अधिकारी कृष्ण आचार्यले जानकारी दिए ।

    उनका अनुसार नारायणगढबाट मुग्लिनतर्फ जाने सवारी साधनमध्ये यात्रुवाहक सवारी साधन पन्ध्रकिलो बजारदेखि जुगेडीसम्म बिहान १०ः४० बजेसम्म चलाउन पाइने छ भने मालवाहक सवारी साधन भतेरी जङ्गलदेखि रामनगरसम्म बिहान १०ः३० बजेसम्म मात्र सञ्चालन हुनेछ ।

    काठमाडौंबाट आउने यात्रुवाहक सवारी भने मुग्लिन बजारदेखि मनकामना केबुलकारसम्म बिहान १०ः५५ सम्म तथा मालवाहक सवारी सधान १०ः४५ सम्म मात्र चलाउन दिइने छ ।

    यस्तै, पोखरातर्फबाट आउने यात्रुवाहक सवारी साधन बिहान १०ः५५ बजेदेखि बेनीटारदेखि पावरहाउससम्म र मालवाहक सवारी साधन बिहान १०ः४५ बजेदेखि सत्रसय फाँटमा रोकिने छ ।

    पहिलो चरणमा तीन हप्ताका लागि सडक बन्द गरेर भित्तो काटिने छ । साठी मिटर अग्लो उक्त पहाड गत वर्ष २५ मिटर काटिएको थियो । बाँकी ३५ मिटर सडक अब काट्न लागिएको हो ।

    दैनिक १० हजारभन्दा बढी सवारी साधन गुड्ने उक्त सडकमा दैनिक चार घण्टा सवारी साधन रोकिने भएकाले वैकल्पिक बाटो प्रयोग गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले अनुरोध गरेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend