२०८३, असोज १५ गते

images
Logo

Oct 01 2026 | २०८३, असोज १५ गते

images
  • बिहीबार , असोज १५ २०८३
images

दुई तिहाई इजरायलीहरू गाजा युद्धविरामको पक्षमाः सर्वेक्षण


सञ्चार डबली
  • शनिबार, पुस ७ २०८०
  • 8.5K
    SHARES

  • images
    दुई तिहाई इजरायलीहरू गाजा युद्धविरामको पक्षमाः सर्वेक्षण


    काठमाडौं । दुई तिहाई इजरायलीहरूले गाजा युद्धविराम सम्झौता चाहेको एउटा सर्वेक्षणले देखाएको छ । इजरायली दैनिक मारिभले प्रकाशित गरेको लाजर इन्स्टिच्युट पोल अनुसार ६७ प्रतिशत इजरायलीहरू हमासका इजरायली बन्दीहरूका लागि प्यालेस्टिनी बन्दीहरूको आदानप्रदानको पक्षमा छन् र उनीहरू यो विश्ववास गर्छन कि यस कदमले गाजामा युद्धविराम हुनेछ ।

    लगभग २२ प्रतिशत उत्तरदाताहरूले युद्धविरामको बदलामा सम्झौता गर्न विपक्षमा रहेको बताएका छन् भने ११ प्रतिशत उत्तरदाताहरूले आफूहरू अनिश्चित भएको बताएका छन् । सो सर्बेक्षणमा ४.३ प्रतिशतको अनुमानित त्रुटि रहेको जनाए पनि सो मिडियाले ५०२ इजरायलीहरूको अनियमित नमूनामा गरिएको सर्वेक्षणमा भाग लिएको जनाएको छ ।

    उनीहरुले सो सर्बेक्षणको क्रममा यो पनि भनेको जनाएका छन ७३ प्रतिशत इजरायलीले सम्झौता भइसके पछि मात्र युद्धविराममा सहमति जनाएका छन् भने ११ प्रतिशतले मात्रै वार्ताका क्रममा युद्धविराम गर्न सहमत देखिएका छन ।

    सर्वेक्षणले यो पनि देखाएको छ कि ६७ प्रतिशत इजरायलीहरूले बन्धकहरूको दैनिक रिहाइको बदलामा हालको युद्धविराम ढाँचालाई जारी राख्नु पर्ने पक्षमा देखिएका छन भने २२ प्रतिशत विपक्षमा उभिएका छन ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend