२०८३, असोज १५ गते

images
Logo

Oct 01 2026 | २०८३, असोज १५ गते

images
  • बिहीबार , असोज १५ २०८३
images

चितवन एक्स्पो सेन्टर, भरतपुरमा फागुन २५ देखि २७ सम्म ‘नेपाल फर्मा एक्स्पो’ हुँदै


सञ्चार डबली
  • शुक्रबार, पुस ६ २०८०
  • 9.6K
    SHARES

  • images
    चितवन एक्स्पो सेन्टर, भरतपुरमा फागुन २५ देखि २७ सम्म ‘नेपाल फर्मा एक्स्पो’ हुँदै

    शुक्रवार, पौष ६ २०८०
    काठमाडौँ । नवौँ 'नेपाल फर्मा एक्स्पो २०२४' चितवनस्थित भरतपुरमा हुने भएको छ। नेपाल औषधि उत्पादक संघ (APPON) को आयोजनामा चितवन एक्स्पो सेन्टर, भरतपुरमा फागुन २५ देखि २७ सम्म नेपाल फर्मा एक्स्पो हुने भएको हो । धेरै किसिमका औषधि उत्पादन प्रयोगमा त्याइए‌का नयाँ प्रविधिलाई एक्स्पोमा प्रदर्शन गरिनेछ ।

    नेपालमा औषधि उद्योगको दिगोपन र वृद्धिका अगुवाईलाई मुख्य नारा बनाइएको छ। एक्स्पोमा १ सय ५० भन्दा बढी स्टल रहने छ र यसमा नेपाल, भारत, सिंगापुर, बंगलादेशका प्रदर्शनको बाहुल्य हुने आयोजनाले जानकारी दिएको छ । प्रत्येक दुई वर्षमा आयोजना गरिने यस एक्स्पो  नेपालका औषधि उद्योगलाई अगाडि बढाउनको लागि समर्पित रहेको आयोजकले दाबी छ।

    “एक्स्पो ज्ञान आदनप्रदान, सहकार्यसँगै यस क्षेत्रको बृद्धि र विकासको लागि नवीनतम प्रयोगको रुपमा रहने छ” एक्स्पो संयोजक प्रभात रुंगटाले भने, “सम्बन्धित सरोकारवाला, व्यावसायिकता, औषधि उत्पादन र निर्माण तथा प्रशोधन, औषधीमा प्रयोग हुने समाग्री, प्याकेजिङ, मेसिनरी ल्याब, एनालिटिकल ओईएम, आउटसोर्सिङ र करारमा निर्माण, रेफ्रिजेरेसन, क्लिनरुम, इन्जिनियरिङ, एयर फिल्टर, क्लिन एयर कन्डिसनिङ, औषधि उद्योगका लजिस्टिक तथा अन्य सामाग्रीको एउटै स्थलमा गरिने प्रदर्शनीले  नेपालको औषधि उद्योगको विकास र विस्तारमा महत्वपूर्ण योगदान गर्नेछ।”

    एक्स्पोले औषधी उद्योगको प्रगतिको लागि नेपाल सरकारको औषधी व्यवस्था विभाग (डीडीए) तथा नेपाल उद्योग परिसंघ (सीएनआई), नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई), फार्मेसी एसोसिएसन अफ नेपाल (पीएचएएन) र नेपाल केमिस्ट एन्ड ड्रगिस्ट एसोसिएसन (एनसीडीए) सँगको समन्वयलाई अझ सुमधुर बनाउने आयोजकको भनाइ छ।

    एपोनका अध्यक्ष महेशप्रसाद प्रधानका अनुसार ५० प्रतिशत औषधि नेपालमै बन्छ । आफ्नो कार्यालयमा अझै बढाएर ८० प्रतिशतसम्म पुर्याउने इच्छा रहेको उनले बनाए । औषधि निर्यात गरेर विदेशी मुद्रा भित्र्याउने ठुलो सम्भावना भएको औषधि उद्योगका लागि एक्स्पोले सिक्ने वातावरण बनाउने उनको भनाइ छ । 

    यसअघिको तुलनामा प्राविधिक रूपमा अझै शसक्त भएर एक्स्पो गर्न लागेको उनले जानकारी दिए । एक्स्पोमा एल्माक प्याकेज प्रालि प्लाटिनम स्पोन्सर, एचभीएएक्स मेसिनरी प्रालि र प्यासिफिक लिमिटेड डाइमन्ड स्पोन्सर, एनपीएम मेसिनरी प्रालि गोल्ड स्पोन्सरको रुपमा रहेका छन्। एक्स्पोमा ३० हजारभन्दा बढी मानिसको उपस्थिति रहने अपेक्षा गरिएको छ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend