२०८३, असोज १५ गते

images
Logo

Oct 01 2026 | २०८३, असोज १५ गते

images
  • बिहीबार , असोज १५ २०८३
images

माल्टा पठाउँछु भनेर ठगेको आरोपमा पक्राउ


सञ्चार डबली
  • बिहीबार , पुस ५ २०८०
  • 7.4K
    SHARES

  • images
    माल्टा पठाउँछु भनेर ठगेको आरोपमा पक्राउ

    काठमाडौं, ५ पुस। माल्टा पठाउँछु भनेर ठगेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउन पर्नेमा खोटाङ घर भएर ललितपुरको सातदोवाटोमा बस्दै आएका वीरेन्द्र उदास छन्। 

    ५५ वर्षीय उदासलाई सातदोवाटोबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीले रातोपाटीलाई बताए। उदासले सविता गुरुङलाई माल्टामा ३ लाख तलब हुने जागिर लगाइदिन्छु भनेर ९ लाख रुपैयाँ रकम ठगेको आरोप छ। माल्टा जान २८ लाख लाग्ने भन्दै उनले सो रकम लिएका हुन्। 

    ९ लाख रकम लिएर सम्पर्क विहीन भएका उदासलाई पक्राउ गरेर वैदेशिक रोजगार विभागमा बुझाइएको एसपी रेग्मीले जानकारी दिए। 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend