२०८३, असोज १५ गते

images
Logo

Oct 01 2026 | २०८३, असोज १५ गते

images
  • बिहीबार , असोज १५ २०८३
images

प्युठानमा जीप दुर्घटना: एक जनाको मृत्यु, ५ घाइते


सञ्चार डबली
  • बिहीबार , पुस ५ २०८०
  • 7.8K
    SHARES

  • images
    प्युठानमा जीप दुर्घटना: एक जनाको मृत्यु, ५ घाइते

    काठमाडौं, ५ पुस । प्यूठानको स्वर्गद्वारी नगरपालिका-५ आँपडाडाँमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा पाँच जना घाइते भएका छन्।

    मृत्यु हुनेमा स्वर्गद्वारी ५ डाडाँगाउँकी ६८ वर्षीय झमी घर्तिमगर रहेको जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी हुमानन्द खनालले जानकारी दिए।

    दुर्घटनामा परेर घाइते भएका आँपडाँडा निवासी ५६ की चुराकुमारी घर्तीमगर, ४० वर्षकी अमि घर्तीमगर र रोल्पाको सुनिल स्मृति गाउँपालिका-४ बस्ने २४ वर्षीय टोपबहादुर रोका मगरलाई थप उपचारको लागि भैरहवा रिफर गरिएको छ।

    यस्तै, जीप चालक डाँडागाउँ बस्ने बर्ष ३४ को कबिराज घर्ती मगर र सोही ठाउँ निवासी वर्ष ५५ की कृष्ण घर्ती मगरको अवस्था मध्यम रहेकाले स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको हो। बिहीबार आपधारादेखि सारीतिर जाँदै गरेको लु २ च ६१ नं डबल क्याप जिप अनियन्त्रित भई सडकबाट २० मिटर तल खोल्सामा खसेर दुर्घटना भएको थियो।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend