२०८३, असोज १५ गते

images
Logo

Oct 01 2026 | २०८३, असोज १५ गते

images
  • बिहीबार , असोज १५ २०८३
images

राष्ट्रपतिको उपचारमा सरकारद्वारा १० लाख थप प्रदान


सञ्चार डबली
  • बिहीबार , पुस ५ २०८०
  • 5.9K
    SHARES

  • images
    राष्ट्रपतिको उपचारमा सरकारद्वारा १० लाख थप प्रदान

    काठमाडौं, ५ पुस । राष्ट्रपतिको स्वास्थ्य उपचारका लागि सरकारले थप करिब १० लाख रूपैयाँ उपलब्ध गराएको छ।

    २०८० साउन महिनादेखि मंसिरसम्मको आर्थिक सहायता विवरणअनुसार राष्ट्रपतिको उपचारमा ९ लाख ९५ हजार ९ सय ३५ रूपैयाँ उपलब्ध गराइएको उल्लेख छ।  

    अर्थ मन्त्रालयले राष्ट्रपति तथा उपराष्ट्रपतिको पारिश्रमी तथा सुविधासम्बन्धी ऐन २०७४ अनुसार यो रकम उपलब्ध गराएको जनाएको छ।

    अर्थ मन्त्रालययबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा यो रकम निकासा गरी राष्ट्रपतिको उपचारमा खर्च गरिएको उल्लेख छ। 

    गत आर्थिक वर्षमा राष्ट्रपतिको उपचारको लागि ५५ लाख रूपैयाँ सरकारले उपलब्ध गराएको थियो। 
     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend