२०८३, असोज १५ गते

images
Logo

Oct 01 2026 | २०८३, असोज १५ गते

images
  • बिहीबार , असोज १५ २०८३
images

राष्ट्रिय सभाको चुनावका लागि तोकियो ७ मतदान स्थल र १४ मतदान केन्द्र


सञ्चार डबली
  • बिहीबार , पुस ५ २०८०
  • 6.3K
    SHARES

  • images
    राष्ट्रिय सभाको चुनावका लागि तोकियो ७ मतदान स्थल र १४ मतदान केन्द्र

    काठमाडौं, ५ पुस । माघ ११ गते हुने राष्ट्रिय सभा चुनावका लागि निर्वाचन आयोगले ७ वटा मतदान स्थल र १४ वटा मतदान केन्द्र तोकेको छ। 

    आयोगका सहसचिव एवं प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार प्रत्येक प्रदेशमा एक-एक वटा मतदान स्थल र सोही मतदान स्थलमा दुई-दुई वटा मतदान केन्द्र राख्ने निर्णय भएको हो।

    कोशी प्रदेशका लागि प्रदेश निर्वाचन कार्यालय, विराटनगर मतदानस्थल तोकिएको छ। मधेश प्रदेशका लागि महेन्द्र नारायण निधि मिथिला संस्कृति केन्द्र, जनकपुरधाममा मतदानस्थल राखिएको छ। 

    बागमती प्रदेशका लागि श्री भुटनदेवी मा.वि. प्राविधिक शिक्षालय, ब्लक एफ प्राविधिक भवन, हेटौडामा र गण्डकी प्रदेशका लागि प्रदेश निर्वाचन कार्यालय पोखरामा राखिएको छ।

    लुम्बिनी प्रदेशका लागि कर्मचारी मिलन केन्द्रको भवन, घोराही; कर्णाली प्रदेशका लागि प्रदेश निर्वाचन कार्यालय सुर्खेत र सुदूरपश्‍चिम प्रदेशका लागि प्रदेश सभा भवन, धनगढीमा मतदानस्थल तोकिएको छ। 

    मतदानस्थलमा प्रदेश सभा सदस्य र गाउँपालिका अध्यक्ष-उपाध्यक्ष, नगर प्रमुख-उपप्रमुखले बेग्लाबेग्लै मतदान केन्द्रहरूमा मतदान गर्ने प्रवक्ता पौडेलले बताए। 

    माघ ११ गते बिहान ९ बजेदेखि अपराह्न ३ बजेसम्म मतदान हुनेछ। 

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend