२०८३, असोज १५ गते

images
Logo

Oct 01 2026 | २०८३, असोज १५ गते

images
  • बिहीबार , असोज १५ २०८३
images

राष्ट्रिय सभा निर्वाचनका लागि मतदानस्थल र मतदान केन्द्र तोकियो


सञ्चार डबली
  • बिहीबार , पुस ५ २०८०
  • 9.2K
    SHARES

  • images
    राष्ट्रिय सभा निर्वाचनका लागि मतदानस्थल र मतदान केन्द्र तोकियो


    काठमाडौं ।  निर्वाचन आयोगले आसन्न राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मतदानस्थल र मतदान केन्द्र तोकेको छ । बिहीबार विज्ञप्ति जारी गरेर आयोगले दिएको जानकारीअनुसार आगामी १० माघमा हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि प्रत्येक प्रदेशमा एक एकवटा मतदानस्थल र सोही मतदान स्थलमा दुई दुईवटा मतदान केन्द्र रहने गरी जम्मा ७ मतदान स्थल र १४ वटा मतदान केन्द्र तोकेको हो । 

     कोशी प्रदेशका लागि प्रदेश निर्वाचन कार्यालय, विराटनगर, मधेश प्रदेशका लागि महेन्द्र नारायण निधि मिथिला संस्कृति केन्द्र, जनकपुरधाम, बागमती प्रदेशका लागि श्री भुटनदेवी मा.वि. प्राविधिक शिक्षालय, ब्लक ‘एफ’  प्राविधिक भवन हेटौँडा,  गण्डकी प्रदेशका लागि प्रदेश निर्वाचन कार्यालय पोखरा, लुम्बिनी प्रदेशका लागि कर्मचारी मिलन केन्द्रको भवन घोराही, कर्णाली प्रदेशका लागि प्रदेश निर्वाचन कार्यालय सुर्खेत र सुदूरपश्चिम प्रदेशका लागि प्रदेशसभा भवन धनगढी कैलालीलाई मतदानस्थल तोकिएको छ ।

    तोकिएका मतदान स्थलमा प्रदेश सभाका सदस्यले मतदान गर्न र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखले मतदान गर्नका लागि बेग्ला बेग्लै मतदान केन्द्रहरू रहने आयोगले जनाएको छ । तोकिएका मतदान केन्द्रमा ११ माघ बिहान ९  बजेदेखि अपरान्ह ३ बजेसम्म मतदानको कार्य हुनेछ। 
     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend