२०८३, असोज १५ गते

images
Logo

Oct 01 2026 | २०८३, असोज १५ गते

images
  • बिहीबार , असोज १५ २०८३
images

संसदीय समितिमा पर्यटनमन्त्री किराँतीको अभिव्यक्तिको विरोध


सञ्चार डबली
  • बिहीबार , पुस ५ २०८०
  • 7.7K
    SHARES

  • images
    संसदीय समितिमा पर्यटनमन्त्री किराँतीको अभिव्यक्तिको विरोध


    काठमाडौं । संसदीय समिति बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीको विवादास्पद अभिव्यक्तिको विरोध भएको छ । बिहीबार बसेको प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा मन्त्री किराँतीको ‘क्रिश्चियन धर्मको विरोध गर्नु भनेको संविधानको विरोध गर्नु हो भन्दै विरोध गर्नेलाई हतकडी लगाउने’ विवादास्पद अभिव्यक्तिको विरोध भएको हो ।

    सांसद धवलशमशेर राणाले मन्त्री किराँतीको विवादास्पद अभिव्यक्तिका कारण निम्तने स्थितिको जिम्मेवार सरकार हुनुपर्ने चेतावनी दिए ।सांसद राणाले मन्त्री किराँतीले द्वन्द्व मच्चाउने अभिव्यक्ति दिएको भन्दै माफी माग्नु पर्ने र सरकारले पनि स्पष्टीकरण सोध्नुपर्ने बताए ।

    मन्त्री किराँती सहभागी बैठकमा सांसद राणाले भने, ‘द्वन्द्व मच्चाउने अभिव्यक्ति दिनुभएको छ । यसमा तपाईंले माफी माग्नुपर्ने हो । सरकारले तपाईंलाई के स्पष्टिकरण गर्नुपर्ने हो यो गर्नुहोला ।’

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend