२०८३, असोज १५ गते

images
Logo

Oct 01 2026 | २०८३, असोज १५ गते

images
  • बिहीबार , असोज १५ २०८३
images

इजरायलको स्वामित्वमा रहेका जहाजहरुलाई मलेसियाको प्रतिबन्ध


सञ्चार डबली
  • बिहीबार , पुस ५ २०८०
  • 8.2K
    SHARES

  • images
    इजरायलको स्वामित्वमा रहेका जहाजहरुलाई मलेसियाको प्रतिबन्ध


    काठमाडौं । मलेसियाले आफ्ना बन्दरगाहहरुमा इजरायलको स्वामित्वमा रहेका जहाजहरुलाई प्रतिबन्ध लगाएको छ । इजरायल र प्यालेस्टाइनी समूह हमास युद्धका कारण मलेसिया सरकारले इजरायलको स्वामित्वमा रहेका र इजरायलको झण्डा फहराइएका जहाजहरू र इजरायलका लागि जाने अन्य सबै जहाजहरूलाई आफ्ना बन्दरगाहहरूमा प्रतिबन्ध लगाउने घोषणा गरेको हो ।

    मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमले इजरायलले प्यालेस्टाइनविरुद्ध मानवीय सिद्धान्त विपरित लगातार आक्रमण गरेको र अन्तर्राष्ट्रिय नियमहरूको उल्लङ्घन गरेकाले जहाजहरुलाई प्रतिबन्ध लगाइएको बताएका छन् । मलेसिया, मुस्लिम बाहुल्य देश, प्यालेस्टिनी जनताको पक्षमा वकालत गर्दै आएको छ । मलेसियाले अहिलेसम्म इजरायललाई देशको मान्यता नै दिएको छैन ।अक्टोबरमा हमास आतंककारीले इजरायलमा गरेको हमलापछि इजरायली सेनाले गाजामा लगातार आक्रमण गरिरहेको छ ।

    हालै, इजरायली सेनाले गाजामा बमबारी गरेपछि त्यहाँका मानिसहरूले मलेसियाली प्रधानमन्त्रीलाई दबाब दिन ¥याली निकालेका थिए । मलेसियाली राहदानीमा ‘इजरायल बाहेक सबै देशका लागि मान्य’ भन्ने स्पष्ट उल्लेख छ । इजरायली नागरिकलाई बिना अनुमति मलेसिया प्रवेश गर्न प्रतिबन्ध लगाइएको छ । मलेसिया सरकारले सन् २००५ देखि इजरायलमा दर्ता भएका कम्पनी र जहाजलाई मलेसियामा अनुमति दिएको घोषणा गरे पनि अहिले वर्तमान सरकारले अघिल्लो मन्त्रिपरिषद्को यो निर्णयलाई उल्टाउँदै मलेसियाका बन्दरगाहबाट इजरायली जहाजलाई प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend