२०८३, असोज १५ गते

images
Logo

Oct 01 2026 | २०८३, असोज १५ गते

images
  • बिहीबार , असोज १५ २०८३
images

दुबई पठाइदिन्छु भन्दै तीन लाख ठगेको आरोपमा दुई जना पक्राउ


सञ्चार डबली
  • बुधबार, पुस ४ २०८०
  • 6.8K
    SHARES

  • images
    दुबई पठाइदिन्छु भन्दै तीन लाख ठगेको आरोपमा दुई जना पक्राउ

    काठमाडौं, ४ पुस । दुबई पठाइदिन्छु भन्दै तीन लाख रूपैयाँ ठगि गरेको आरोप प्रहरीले दुई जना पक्राउ गरेको छ।

    चितवन रत्ननगर नगरपालिका-१६ घर भई काठमाडौं तार्केश्वर नगरपालिका-५ बस्ने ४० वर्षीय नविन खड्का र मकवानपुर घर भई हाल काठमाडौं तार्केश्वर नगरपालिका-५ बस्ने ३३ वर्षीया चमेली चुहान पक्राउ परेकी हुन्।

    काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले मंगलबार नविनलाई नयाँ बानेश्वर र चुहानलाई बालाजुबाट पक्राउ गरेको हो।

    उनीहरूविरूद्ध जगत बहादुर विष्टले वैदेशिक रोजगारीको लागि दुबई पठाइदिन्छु भन्दै तीन लाख रूपैयाँ लिएपछि सम्पर्कविहीन भएको वैदेशिक रोजगारी विभागमा उजुरी दिएका थिए। सोही आधारमा उनलाई पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले बताए।

    उनीहरूलाई पक्राउ गरी थप अनुसन्धानका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend